सर्लाहीमा उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाको अवरोध

  ०७४ जेठ २८ गते

सर्लाहीको विष्णुपुर-५ मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाका कार्यकर्ताले अवरोध गर्नुका साथै कालो झण्डा देखाउँदै विरोध जनाएका छन् ।

जेठ २८ गते मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरमले आयोजना गरेको कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवलाई राजपाका कार्यकर्ताहरूले सभास्थल पुग्ने सडकमा रुख ढाल्नुको साथै टायर बालेर विरोध जनाएका थिए ।

राजपका कार्यकर्ताले विरोध जनाएपछि सभास्थलमा सुरक्षा सतर्कता अपानाइएको थियो । सभास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी व्यापक रूपमा परिचालन गरिएको थियो ।

कार्यक्रम स्थलमा अध्यक्ष यादवलाई राजपका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा प्रहरी र राजपका कार्यकर्ताबिच समान्य धकेलाधकेलसमेत भएको थियो । राजपा र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबिच हुने सम्भावित घटनाका कारण मधुवन गोठको अवस्था तनावग्रस्त बनेको थियो ।


सन्तोषकुमार सिंह