सर्लाहीबाट सात वर्षीय बलाक अपहरित
सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरी बेपत्ता बनाएका छन् ।
जेठ १५ गते सोमबार साँझ घर अगाडि खेलिरहेका बालकलाई अपहरण गरी बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए । पीडित परिवारले घटनाको बारेमा सोही दिन जानकारी गराएपछि खोजी कार्य सुरू गरिएको इन्स्पेक्टर कुर्मीले जानकारी दिए ।
घर अगाडि खेलिरहेका बालकलाई मोटरसाइकलमा जबरजस्ती राखेर लगेको स्थानीयले देखेका थिए । अपहरणको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । बालक अपहरणको जिम्मा र फिरौती कसैले नमागेको प्रहरीले जनाएको छ ।
बालकको खोजी गर्न रौतहट र भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…