सर्लाहीको बरहथवामा स्कुल सञ्चालकको हत्या
बरहथवा नपा-५ हातीडण्डा निवासी सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक ३० वर्षीय मालिक महतोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा पुस ७ गते बिहान शव फेला परेको छ ।
धारिलो हतियारले प्रहार गरी टाउको क्षतविक्षत बनाएको महतोको शव नयाँरोड बरहथवा सडकखण्डबाट हातीडण्डा जाने बाटोमा पर्ने सोतीखोला चोरनीया पुल नजिक घोप्टो परेर लडेको अवस्थामा फेला परेको हो ।
केही साथीहरूको साझेदारीमा ढुङ्ग्रेखोला जिरायतस्थित सुपर भिजन बोर्डिङ्ग स्कुल सञ्चालन गर्दै आएको थियो ।
पुस ६ गते साँझ कसैले फोन गरेपछि पाकिसकेको खानासमेत नखाई महतो एक छिनमा आउँछु भनेर घरबाट निस्केको परिवारजनले बताए ।
परिवारिक स्रोतका अनुसार राति ९ बजे तिर फोन गर्दा "खाना पस्कँदै गर्नु म आउदैछु" भनेर जबाफ फर्काएका महतो रातभर सम्पर्कविहीन भएका थिए ।
मृतक महतोको पत्नीसहित ८ र ४ वर्षमा दुई छोरा छन् । एक्लो छोराको हत्याले मृतकका बुब, आमा र पत्नीसहित आफन्त भावविव्हल बनेका छन् ।
हत्यामा संग्लन गिरफ्तार नपरेसम्म शव उठाउन नदिने भन्दै पुस ७ गते अपरान्हसम्म पीडित परिवार र स्थानीयले विरोध गरेपछि शव घटनास्थलमै रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय र्सलाहीका एसपी पोषराज पोखरेलले निष्पक्ष ढङ्गले अनुसन्धान गरी हत्यारा चाँडै गिरफ्तार गर्ने प्रतिबद्धता जनाएपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा लगिएको थियो ।
हेटौडाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अगाडि बढाएको र हत्यामा संग्लनहरूको पहिचान एवम् खोजी कार्यसहित घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान भइरहेको एसपी पोखरेलले जानकारी गराए ।
उनले भने-"फोन कल डिटेलसहित अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । एक दुई दिनभित्रै परिणाम आउनेमा ढुक्क छौँ ।"
पचुलाल माझी
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…