सर्पले टोकेर छाउगोठमा बसेकी युवतीको मृत्यू
महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला दैलेखमा सर्पले टोकेर एक युवतीको मृत्यू भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वषर्ीया तुलसी शाहीको मृत्यू भएको पूर्वसभासद् जग्गेबहादुर शाहीले जानकारी दिए ।
असार २२ गते दिउँसो मामा जगत गिरीको रोपाईंबाट फर्किर्एर हाडे टोलस्थित उनकै घर नजिक छाउगोठमा अरु किशोरी साथीहरूसँगै बसिरहेको बेला राति १० बजेतिर सर्पले टोके लगत्तै राति नै जम्बुकाँध मेडिकलमा उपचार प्रयत्न गर्दागर्दै असार २३ गते उनको मृत्यू भएको पूर्वसभासद् शाहीले बताए ।
'राति सुरुमा गाउँमै झारफुक गर्न समय खर्च गरेकाले बिहान मात्र मेडिकलमा ल्याइपुर्याएपछि धेरै प्रयत्न गरियो । वर्षातको कारण यातायात सञ्चालन नभएकोले अन्यत्र लैजान पनि अभिभावकले नसकेकाले बचाउन नसकिएको हो ।'-मेडिकल सञ्चालक नविन खड्काले भने ।
आमा र दुई दाजुसँगै बसेकी ती युवती महिनावारी भएको बेला सधैँजसो मामाको घर नजिक बनाएको छाउगोठमा बस्ने गरेको लैनचौरकी हेमा नेपालीले जानकारी दिइन् ।
पूर्वसभासद् शाहीकी भतिजी तुलसीले अघिल्लो वर्ष नियमित एसइइ परीक्षा दिएकोमा असफल भएपछि यसपटकसमेत राम्रो ग्रेड नआएको भन्दै साउनमा हुने एसइइको मौका परीक्षा दिने तयारी गरेकी थिइन् । उनी डेढ वर्षकी छँदा जण्डिसका कारणले उनको बुबाको मृत्यू भएको थियो ।
डेढ महिनाअघि जेठ ८ गते चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ की १४ वर्षीया लालसरा बिकको पनि छाउगोठमा ज्यान गएको थियो । जिल्ला समन्वय समितिले हालै गरेको अध्ययनले जिल्लाभर ५ सय १३ घरमा छाउगोठ रहेको उल्लेख छ ।
छाउगोठ छैनन् भनिएका गाउँमा महिनैपिच्छे छाउगोठमा महिलाहरूको ज्यान जान थालेका पछिल्ला घटनाहरूले छाउगोठ अझै बढी हुन सक्ने महिला विकास अधिकृत अनिता ज्ञवालीको भनाइ छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…