सर्केगाड स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी मर्कामा
स्वास्थ्य चौकी सर्केगाडमा सामान्य बिरामीका लागि आवश्यक पर्ने औषधि नहुँदा बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् ।
स्वास्थ्य चौकीमा भएको सिटामोल पनि अब सकिन लागेकाले त्यसको पनि अभाव हुने देखिएको स्थानीयबासी अज थापाले जानकारी दिए ।
'पहिला पहिला आएका बिरामीलाई अलिकति सिटामोल दिएर फर्काउने गरेको थिए । अब त्यही पनि छैन ।'-थापाले भने । आजभोलि उक्त स्वास्थ्य चौकीमा दैनिक २५ देखि ३० जना विभिन्न लक्षण भएका बिरामी उपचार गर्न आउने गरे पनि औषधि नहुँदा रित्तो हात लिएर घर फर्कने गरेको बिरामी विर्षसाउदले बताए ।
स्वास्थ्य चौकीले ४२ प्रकारका औषधि निशुल्क वितरण गर्न पाउने र चौकीमा स्टोर हुने नीति भए पनि सर्केगाड स्वास्थ्य चौकीमा भने सिटामोल पनि पाउन निक्कै गाह्रो हुने गरेको अर्का बिरामी टक्क थापाको भनाइ रहेको छ । उक्त स्वास्थ्य चौकीमा ज्वरो आउने, रूघाखोकी लाग्ने, शरीर दुख्नेलगायतका लक्षण भएका बिरामी आउने गरेको थापाले बताए ।
उक्त स्वास्थ्य चौकीमा दुई जना अहेव, दुई जना अनमी, एक जना कार्यलय सहयोगीसहित ६ जनाको दरबन्दी रहेको जिल्ला जन स्वास्थ्य कार्यलयका प्रमुख डा.स्मृती महतले बताइन् ।
महतका अनुसार दसैँ विदामा गएका इञ्चार्ज ओब्जङ् शाही अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । यतिखेर एक जना मात्र अनमी भए पनि औषधि नहुँदा हाजिर लगाएर फर्कने गरेको टकक थापाले आरोप लगाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले भने उक्त स्वास्थ्य चौकीको अवस्थाको बारेमा कुनै पनि जानकारी नआएकोले यर्थाथ अवस्था बुझेर सोही अनुसार कार्य अगाडि बढाउने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महतले बताइन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…