सर्केगाड गाउँपालिका अध्यक्ष र प्रशासकीयअधिकृत माथि हातपात
सर्केगाड गाउँपालिका–८ को रादेउ निवासी सर्केगार्ड गाँउपालिकाका अध्यक्ष ४५ वर्षीय ठान बहादुर रोकाया र सोही गाउँपालिका–३ उनपानी निवासी सर्केगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ३० वर्षीय नर बहादुर रावतलाई सोहीगाउँपालिका–२ रिप गाउँका २८वर्षीय याङजोर कार्की,२९ वर्षीय लव्जनकार्की लगायतका यूवाहरूले कात्तिक२४गते हातपातगरेको पीडित पक्षले आरोप लगाएका छन ।
गतभदौ महिनामा गाउँपालिकाले ५४ जना करार कर्मचारी भर्नाका लागिलिएको लिखित र मौखिक परीक्षामा एक पक्षव्यवहार गरेको र आफ्नालाई मात्र नाम निकालेर नियुक्ति गरेको आरोपमा कार्यालयमै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत रावतले बताउनु भएको छ । सोही दिन दिउँसो गाउँपालिकाको कार्यालयमा करार कर्मचारीको विषयमा छलफल चलिरहेको समयमा गाउँपालिका अध्यक्ष रोकाया र आफु माथि हातपात भएको अधिकृत रावतले आरोप लगाउनु भएको हो । मलाई मुखमा मुक्काले हिर्काए भने अध्यक्षलाई धरपकट गरेको आरोपमा कात्तिक२४ गते सर्केगाड प्रहरीचौकीमा उजुरी दिएको अधिृकत रावतलेबताउनु भएको छ ।
गत साउन २२ गते करारका कर्मचारीको नयाँ भर्नाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेव, बैद्य, रोजगार सहायक, इन्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्यूटर अपरेटर लगायतका ५४ ओटा पदमा खुला विज्ञापन सार्वजनिक सूचना प्रकाशित गरिनुका साथै भदौ १० गते लिखित परीक्षा सञ्चालन गरेको थियो ।
अधिकृत रावतले आफुहरू माथि हातपात गर्ने नेपाली कांग्रेसका युवाहरू रहेको आरोप लगाउनु भएको छ । यस अघि करार कर्मचारी नियुक्तिकोविषयलाई लिएर नेकपा (माओवादी) केन्द्र सर्केगाडले पालिकाको कार्यालय एक हप्ता सम्म बन्द गरेको थियो ।
प्रहरीचौकी सर्केगाडमा दिएको उजुरीका आधारमा दुवै पक्षलाई राखेर छलफल गर्ने इन्सपेक्टर गिता राम चौधरीले जानकारी दिनु भएको छ । मुखमा चोट लागेका अधिकृतको स्थानीय स्तरमै उपचार भएको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…