सर्केगाड गाउँपालिकाको कार्यालय एक हप्तादेखि तालबन्दी सेवाग्राही प्रभावित
सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्रले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधा प्रभावित भएको सर्केगाड गाउँपालिकाका स्थानीयबासी पवन शाहीले बताउनु भएको छ ।
पालिकाले करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परिक्षामा प्रश्न पत्र आउट गरेको, कर्मचारी भर्ना प्रक्रियालाई मनोमानित रुपमा अघि बढाएको आरोप लगाउँदै माओवादी केन्द्रले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । कार्यपालिकाको बैठक नै नबसेर कर्मचारी छनोट प्रक्रिया अघि बढाएको भन्दै नेकपा माओवादी केन्द्र सर्केगाड गाउँ कमिटिको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको माओवादी केन्द्र सर्केगाड गाउँपालिकाका सचिवालय सदस्य मानबहादुर थापाले बताउनु भयो ।
तर माओवादीको आरोपप्रति गाउँपालिकाले अस्विकार गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार माओवादी केन्द्रबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको संयोजकत्वमा छनोट प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो । अध्यक्ष रोकायाले माओवादीले पालिकाको कार्यालयमा तालबन्दी गर्ने काम राम्रो नगरेको प्रतिक्रिया दिनु भयो ।
पुरानो करार सम्झौता नविकरण नगरेको सर्केगाडले गत साउन २२ गते करारका कर्मचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाकाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेब, बैद्य, रोजगार सहायक, इन्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५३ वटा पदमा खुला विज्ञापन अनुसार गएको भदौ १० गते लिखित परिक्षा सञ्चालन गरेको थियो । लिखित र मौखिक परिक्षा सञ्चालन गरेको भएपनि अहिलेसम्म पालिकाले छनोट भएका नाम सार्वजनिक नगर्दा माओवादी केन्द्रले ताला बन्दी गरेको पार्टीको आरोप छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…