सरकारी बेवास्ताको विरोधमा भूकम्प पीडितको मौन जुलुस (फोटो फिचर)
जिल्लाका भूकम्प पीडितहरूले मौन जुलुस निकालेका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले मौन जुलुस प्रदर्शन गरेको बताएका छन् ।
सरकारले पुनर्निर्माण र पुनर्स्थापनामा चासो नदिएको उनीहरूको आरोप छ । पहिलो किस्ताको अनुदान रकम पाएका भूकम्प पीडितहरूले दोस्रो किस्ताको रकम अबिलम्ब निकासा गर्न माग गरेका छन् । भूकम्प पछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरू गाउँमा नबस्दा घर निर्माण थाल्न नपाएको पनि उनीहरूको गुनासो छ ।
'दोस्रो किस्ताको रकम अबिलम्ब निकासा गर्नुपर्यो ।'-गोरखा नपा-७ की गोमा थापा मगरले भनिन् । सुत्केरी, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने मानव अधिकार एलाइन्सका अध्यक्ष ऋषि खनालले बताए ।
गोरखा सदरमुकामको चाइनिज धारादेखि हरमटारी चोकसम्म र्याली प्रदर्शन गरिएको थियो । र्यालीमा सहभागीहरूले गुनासो फारमको सुनुवाइ छिटो गर, केरौँजालगायत पहिरो गएको बस्तीलाई स्थानान्तरण र पुनर्स्थापना गर, बाँकी अनुदान एकमुष्ट निकासा गरलगायतका विषयवस्तु उल्लेख गरिएका प्ले कार्ड बोकेका थिए ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…