सरकारी प्रावधान:एक जना स्वास्थ्यकर्मीको भागमा १ सय जना, हेर्नुपर्ने:३ सय ८७ जना
सरकारी प्रावधान अनुसार एक स्वास्थ्यकर्मीले १ सय जनालाई हेर्नु पर्ने भएपनि पर्वतमा ३ सय ८७ जनालाई एक जना स्वास्थ्यकर्मीले हेर्नु पर्ने अवस्था रहेको छ ।
पर्वतको जनसङ्ख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एक जना स्वास्थ्यकर्मीले ३ सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको हो । अनुपात नमिल्दा स्वास्थ्य सेवा पनि सरकारी मापदण्ड अनुसार प्रदान गर्न सक्ने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नेपाल स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा सूचना प्रणाली सञ्चालन कार्यविधि अनुसार स्वास्थ्य क्षेत्रलाई जनमुखी र प्रभावकारी सेवा सञ्चालनका लागि प्रति एक जना स्वास्थ्यकर्मी बराबर १ सय जनसङ्ख्या मात्रै हुनुपर्ने प्रावधान रहेको छ ।
२०७८ सालमा भएको जनगणनालाई आधार मानेर स्वास्थ्यकर्मीहरूको अनुपात निकालिएको र सन्तुलनमा भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताउनु भयो । जिल्लाका सात ओटा स्थानीय तहहरूमा नागरिक र स्वास्थ्यकर्मीहरूको अनुपात एउटै खालको नरहेको पनि उहाँको भनाइ छ ।
सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक जना स्वास्थ्यकर्मीको भागमा ५ सय ६० जना पर्दा सबैभन्दा कम महाशिला गाउँपालिकामा भने एक जनाको भागमा १ सय ९७ जना रहेका छन् । जिल्लाको कुल जनसङ्ख्या १ लाख ३० हजार १ सय ५१ रहेको छ भने उनीहरूका लागि ३ सय ३६ जना स्वास्थ्यकर्मीहरू छन् ।
मोदी गाउँपालिकामा ५५ जनाले १८ हजार ७ सय ९४ जनालाई, जलजला गाउँपालिकामा ४५ जनाले २१ हजार १ सय १९ जनालाई, फलेवास नगरपालिकामा ४५ जनाले २० हजार ४ सय ६८ जनालाई, बिहादी गाउँपालिकामा ३५ जनाले १० हजार ८ सय २८ जनालाई र पैयुँ गाउँपालिकामा ४५ जनाले १२ हजार ७ सय २५ जनालाई सेवा दिनुपरेको स्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क छ ।
मोदीका १७ ओटा, जलजलाका १६ ओटा, कुश्माका १७ ओटा, फलेवास र महाशिलाका १२/१२ ओटा, बिहादीका सात ओटा र पैयुँका १० ओटा गरी ९१ ओटा स्वास्थ्य संस्थाहरूमा ती स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।
कार्यालय प्रमुख शर्माका अनुसार जिल्लामा ५० ओटा स्वास्थ्य चौकी, तीनओवटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र तीन ओटा सामाजिक स्वास्थ्य इकाइबाट स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
स्थानीय तहमा रहेको स्वास्थ्यकर्मीहरूको दरबन्दी र जनसङ्ख्या अनुपात हेर्दा धेरै माथि र धेरै तल देखिएको भएपनि मिलानको अधिकार आफूहरूसँग नरहेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताउनु भयो।
राज्यबाट तोकिएर आएका दरबन्दी र कतिपय स्थानीय तह आफैँले सिर्जना गरेका दरबन्दीका कारण अनुपातको दर समान नभएको उहाँको भनाइ छ । जिल्लाको अवस्थाका बारेमा आफूहरूले सम्बन्धित निकायमा प्रतिवेदन र सुझाव पठाउने गरेको भए पनि अनुपात मिलाउनको लागि भनेर कुनै काम नभएको शर्माले बताउनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसीले सरोकारवाला निकायहरू बसेर दरबन्दीको अनुपात मिलाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रयास गरिने बताउनु भयो ।
स्थानीय तहका प्रमुखहरू सहित जिल्लामा रहेका समन्वयकारी निकायहरूबिचको सहकार्यबाट स्वास्थ्य संस्था खोल्ने प्रतिस्पर्धाको अन्त्य गर्न आह्वान गरिने र स्वास्थ्यकर्मी र उनीहरूले हेर्नुपर्ने जनसंख्याको अनुपात मिलाउन पनि आफूहरूले पहल गर्ने उहाँको भनाइ छ ।
लमजुङ प्रतिनिधि सुमित्रा भुजेलका अनुसार जिल्ला कारागार लमजुङमा दुई वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ ।
जिल्ला कारागार लमजुङका कार्यालयकी निमित्त प्रमुख सुनिता मरासिनीका अनुसार कारागारमा कार्यरत चिकित्सक राजविर शाह दुई वर्षअघि बारा सरुवा भएपछि कारागार चिकित्सक विहिन बनेको हो ।
चिकित्सक हुदाँ हप्ताको एक पटक कारागारका कैदीबन्दीहरुको नियमित रुपमा चेकजाँच गर्ने गरेता पनि हाल चिकित्सक नहुदाँ चेकजाँचमा समस्या भएको उहाँले बताउनुभयो ।
कारागारले बेसीशहर नगरपालिकासंगको अनुरोध पछि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीले महिनाको एकपटकमात्र चेकजाँच गर्ने गरेको उहाँले बताउनु भयो ।
कारागारमा कैदीबन्दीको चेकजाँचका लागि अनिवार्य रुपमा चिकित्सक हुनुपर्ने प्रावधान भएता पनि दरबन्दीको चिकित्सक नभएकाले कारागारमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।
३५ जना कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल १ सय १३ जना कैदीबन्दी छन्।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…