ज्येष्ठ नागरिकलाई दिनुपर्ने औषधि सुविधा नदिएपछि सेवाग्राही मर्कामा
सरकारी अस्पतालमा ज्येष्ठ नागरिकहरूलाई औषधि उपचारमा उमेर अनुसार सुबिधा प्राप्त हुनेभए पनि चौतारा अस्पतालमा भने सो सुबिधा नपाएपछि सेवाग्राही मर्कामा परेका छन् ।
चौतारा सागाचोकगढी नगरपालिका–५ का भूपेन्द्र थिङ ०७९ कार्तिक ४ गते चौतारा अस्पतालमा उपचारको लागी जादा आफुले ज्येष्ठ नागरिकले प्राप्त हुने सुबिधा नपाएको गुनासो गर्नुभयो ।
उपचारको लागि अस्पताल जानुभएका थिङले ५० प्रतिशत उपचार सुबिधा पाउने हक अधिकार छ । तर उहाँले कुनै सुविधा पाउनु भएन ।
त्यसैगरी सरकारले प्रत्येक अस्पतालमा ९८ किसिमका औषधिहरू निशुल्क वितरण गर्ने भनिए तापनि चौतारा अस्पतालमा सबै प्रकारका औषधिहरू पैसा तिरेर किन्नु परेको चौतारा सागाचोकगढी नगरपालिका–५ का ठाकुर श्रेष्ठले बताउनु भयो ।
उपचार गर्न चौतारा अस्पताल पुगेका ठाकुर श्रेष्ठका अनुसार ‘घाउमा लगाउने ब्यन्डेज समेत आफुले अस्पतालको फार्मेसिबाट पैसा तिरेर किन्नु परेको गुनासो गर्नुभयो । अस्पतालको फार्मेसिमा ७० किसिमका औषधि निशुल्क पाइन्छ भनेर भित्तामा टाँसिएको छ ।
तर चौतारा अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीले सबै किसिमका औषधि पैसा तिरेर किन्नु परेको ठाकुर श्रेष्ठको भनाई छ ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष टंक कार्कीसँग औषधि अभाव बारे जिज्ञासा राख्दा अब आउँदा दिनहरूमा सुधार गरेर जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अस्पतालमा भएको बेथिति बारे चौतारा अस्पतालका प्रमुख त्रिभूवन झासँग सम्पर्क गर्दा कर्मचारीको लापर्वाहीले केही सेवाग्राहीलाई निशुल्क वितरण गरिने औषधिको पैसा असुल गरेको हुन सक्छ । त्यसको अनुसन्धान गरिने र आउने दिनहरूमा अस्पताललाई ब्यवस्थित पारिने बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…