सरकारले माग सम्बोधन गर्ने जनाएपछि आमरण अनसन फिर्ता
सरकारले माग सम्बोधन गर्ने जनाएपछि जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिले भदौ २८ गतेदेखि महोत्तरीको पिपरा बजारमा जारी राखेको आमरण अनसन असोज ५ गतेबाट फिर्ता लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले वाचन गरेपछि पिपरा निवासी ९१ वर्षीय अनुरूद्र मिश्रले अनसनकारीहरूलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
जनकपुर-भिठ्ठामोडको १८ दशमलब ५६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउने अनसनकारीहरूको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र सोको सम्भाव्यता अध्ययन गरिने कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएपछि अनसन फिर्ता गर्न आन्दोनकारीहरू सहमत भएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रेसविज्ञप्ति जारी गरी सो सडक खण्डमा अहिले बनाउन थालिएको चार लेनलाई निर्धारित समय अघि नै सम्पन्न गर्ने, सडक सञ्चालनका लागि दशैँ अगाडि नै मर्मतसम्भार गर्ने र निर्माण कार्यको गुणस्तरलाई जनसहभागितामा अनुगमन गरिने पनि जनाएको छ ।
गत भदौ २४ गते उक्त सडक खण्डमा ९३ करोड ४३ लाख ९३ हजार पाँच सय ८१ रूपियाँको लागतमा निर्माण हुने चारलेन सडकको शिलान्यास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरेका थिए । यस निर्माणसँगै मुख्य बजार क्षेत्रमा थप दुई लेन बनाइने मन्त्रालयको विज्ञप्तिमा छ । सोको निर्माण अवधि २ वर्ष ६ महिना निर्धारण गरिएको थियो ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् नयाँ शक्तिका नेता रामकुमार शर्माको संयोजकत्वमा जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिको नाममा आन्दोलन थालिएको थियो ।
आन्दोलनको क्रममा पछिल्लो दिन अनसन बस्नेहरूमा नयाँ शक्तिका रामकुमार शर्मा, नेकपा माओवादी केन्द्रका सत्येन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका रमणकुमार ठाकुर, स्वतन्त्र मधेस गठबन्धनका रञ्जितराज मधेशी र मिथिलेश्वर दास रहेका थिए ।
आन्दोलनकारीहरूले उक्त सडकलाई ६ लेन बनाउनुपर्ने र गुणस्तरीयता कायम गर्नुपर्नेलगायतका माग राखेर आमरण अनसन सुरू गरेका थिए । अनसकारीहरूको स्वास्थ्य स्थिति बिग्रँदै आएपछि गत असोज ३ गतेबाट मानव अधिकारीकर्मीहरूको अनुरोधमा सलाइनपानी दिइएको थियो ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…