सरकारले ढुवानी नगर्दा एक वर्षसम्म राहतको चामल गाउँ पुगेन
गत वर्षको खडेरीले मुगुका २४ गाविसका लागि राहत स्वरुप सरकारले ७ हजार क्विन्टल चामल वितरण गर्ने भनेपनि सरकारले समयमा ढुवानी नगर्दा राहतको चामल एक वर्षबितिसक्दासमेत गाँउमा पुग्न सकेको छैन ।
गएको वर्ष २४ गाविस मध्ये १२ गाविस खाद्यान्न सङ्कटग्रस्त र १२ खाद्य उन्मुख गाविस घोषणा गरेको थियो । तत्काल राहतका लागि जिल्लाका सबै गाँउमा ७ हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको भएपनि एक वर्षबितिसक्दा समेत नेपाल सरकारको अर्थ मन्त्रालयले ढुवानीका लागि आवश्यक रकम विनियोजन नगर्दा ३ हजार २ सय ३३ क्विन्टल ४ किलो चामल जिल्लामा नपुगेको हो ।
सुख्खा खडेरी गाविस राहत कार्यक्रमको ७ हजार क्विन्टल मध्ये करान भेगका माँग्री, पुलु, किम्री, डोल्पु, मुगु गाविसको १ हजार ४ सय १७ घरधुरीका लागि १ हजार ५ सय, सोरु भेगका रारा, कालै, धैनाकोट, भिई, नार्थपु, जिमा, फोतु गाविसका २ हजार ८ सय ४५ घरधुरीलाई २ हजार क्विन्टल, खत्याड भेगका श्रीकोट, सेरी, गम्था, खमाले, कोटडाँडा, सुकाढिक, र हृयागलु गाविसका ३ हजार ४ सय १० घरधुरीका लागी २ हजार र गम भेगका पाँच गाविस श्रीनगर, कार्कीबाडा, पिना, रोवा, र रुगाका ४ हजार ४ सय ५२ घरधुरीका लागि १ हजार ५ सय क्विन्टल गरी ७ हजार क्विन्टल चामल वितरण गर्ने भनिएको थियो ।
करान भेगको पुलु खाद्य डिपोको १ हजार ५ सय मध्ये १ हजार १ सय ५५ क्विन्टल ४० केजी, सोरुकोट डिपोको २ हजार कोटामध्ये १ हजार २ सय ७९ क्विन्टल, श्रीकोट खाद्य डिपोका लागि निधारण गरिएको २ हजार मध्ये ७ सय ९८ गरी जम्मा ३ हजार २ सय ३३ क्विन्टल ४ किलो चामल ढुवानी हुन सकेको छैन ।
ढुवानीका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले निकासा नगर्दा एक वर्षबितिसक्दा पनि खडेरीग्रस्त गाविसलाई चामल पुर्याउन नसकिएको खाद्य संस्थान मुगुका निमित्त प्रमुख कर्णबहादुर रावलले बताए ।
जिल्लाको सबै भन्दा बढी खडेरीग्रस्त क्षेत्रका रूपमा सोरु भेगका सात गाविसलाई लिइएको थियो । सरकारले सात गाविसका लागि २ हजार क्विन्टल चामल राहत स्वरुप वितरण गर्ने भनेको भएपनि एक वर्षसम्म ७ सय २१ क्विन्टल चामल मात्र त्यस क्षेत्रमा पुगेको जिल्ला खाद्य संस्थानले बताएको छ । तर, जिमा गाविस सोरुकोटका पदम शाहीले भने राहतको चामल एक गेडा पनि सोरु भेगका खडेरी पीडितले नपाएको आरोप लगाएका छन् ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…