सरकारले चुनाव सारेपछि मतदाता निराश
दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश भएका छन् ।
सरकारले वैशाख ३१ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै आफ्ना जनप्रतिनिधि चयन गर्नका लागि मजदुरी गर्न भारत गएका मतदाताहरू घर आउने क्रम बढेको थियो । 'निर्वाचनकै लागि भनेर भारतदेखि घर आइयो । तर, सरकारले निर्वाचन सार्यो । अब के गर्ने ?'-परशुराम नपा-५ का लबदेव भट्टराईले दुखेसो गरे ।
निर्वाचन गतिविधि तीव्र बनाइएसँगै सारिएको निर्वाचनमा मतदाता मात्रै नभइ राजनीतिक दलका नेताहरू पनि अन्यौलमा परेका छन् । चुनावको मिति सारेपछि प्रचार-प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको इन्द्र महराले भने ।
निर्वाचनको मिति सरेसँगै डडेल्धुरामा निर्वाचनका गतिविधि न्यून हुनुका साथै राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् ।
भुपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…