सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप लगाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा भदौ २७ गते गोरखामा भएको कार्यक्रममा अधिकारकर्मी स्थानेश्वर दुवाडीले यति लामो समयसम्म न्यायको माग गर्दै अनसन बसेकी गङ्गामायाको जीवन रक्षाका लागि सरकारले पहल नगरेको आरोप लगाएका हुन् ।
उनले अधिकारीको वर्तमान अवस्था र उनका मागबारे सरकारले के सोचिरहेको छ भनेर प्रश्न गरेका थिए ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्न भन्दै किटानी जाहेरी दिएकाहरूलाई गिरफ्तार गरी कारबाही गर्न माग गर्दै अनशन बसेकै बेला गङ्गामायाका पति नन्दप्रसादको ०७१ असोज ६ गते मृत्यु भएको थियो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सरकारले नन्दप्रसादको दाहसंस्कार गर्ने वातावरणसमेत बनाउन नसकेको भन्दै दुवाडीले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव लोकहरि बस्यालले अधिकारी परिवारको मागबारे कर्मचारीको तहबाट जवाफ दिन नसकिने बताए । त्यसका लागि राजनीतिक तहमा छलफल हुनुपर्ने उनको भनाइ छ ।
सो कार्यक्रममा जिल्लामा मानव अधिकार र लैङ्गिक हिंसाको अवस्था र केन्द्रिय कार्ययोजनाहरू कार्यान्वयन भए नभएको बारे पनि छलफल भएको थियो । छलफलमा बोल्दै जिल्लास्थित विषयगत कार्यालयका प्रमुख, अधिकारकर्मी, सञ्चारकर्मीलगायतले अदालतका फैसला कार्यान्वयन नहुँदा दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मानव अधिकार र लैङ्गिक हिंसा जस्तो जटिल विषयमा समाजका सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…