सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता
सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् ।
रामेछापबाट काठमाडौँसम्म चल्ने यातायात साधनले सरकारले तोकेको भन्दा बढी भाडा लिँदै आएका छन् । यातायात साधनले बढी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक राखी सरकारले निर्धारण गरे अनुसारको भाडा लिने निर्णय गराएको भए पनि व्यवसायीले त्यसको कार्यान्वयन गरेका छैनन् । उक्त बैठकमा साउन १ गतेदेखि निर्धारण गरिएको भाडा लिन यातायात व्यवसायी तयार भए पनि हालसम्म सो भाडा कार्यान्वयनमा आएको छैन ।
जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौँदेखि मन्थली चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर प्रदेश सरकारले तोके बमोजिम मात्र लिन यातायात व्यवसायीलाई निर्देशन दिने निर्णय गरेको थियो । डिलक्सको लागि थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था कार्यान्वयन गर्दा डिलक्सको लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना भएको हुनु पर्ने बैठकले निर्णय गरेको थियो ।
मन्थलीबाट काठमाडौँ चल्ने सवारी साधनलाई प्रदेश सरकारले ५ सय ७९ रुपियाँ भाडा दर तोकेको छ । डिलक्स सुविधा भएका गाडीले थप २० प्रतिशत शुल्क लिन पाउँदा बढीमा ७ सय १५ रुपियाँसम्म भाडा लिन पाउँछन् । तर रामेछापबाट काठमाडौँ चल्ने सुमो, सामान्य सिट भएका माइक्रो बस तथा बसहरूले समेत ७ सय रुपियाँ भाडा लिँदै आएको गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले जानकारी दिनुभयो ।
उनीहरू बैठकमा ५ सय ७९ रुपियाँ भाडा लिन सहमत भए पनि हालसम्म भाडा घटाएका छैनन् । आफू ०८० साउन ११ गते काठमाडौँबाट मन्थली फर्कँदा ७ सय रुपियाँ भाडा तिरेको अध्यक्ष कँडेलले बताउनु भयो ।
भाडा कार्यान्वयनमा नआएको विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उहाँले बताउनु भयो । आफूलाई बढी भाडा लिएको टिकट सहित जिल्ला प्रशासन कार्यालयमा जाने उहाँले बताउनु भयो । बैठकले रामेछाप जिल्ला भित्र चल्ने सवारी साधनको पनि वैज्ञानिक भाडा निर्धारण गरेको थियो ।
यात्रुवाहक सवारी साधनहरूको भाडा दर उपसमितिबाट पेश भएको प्रतिवेदन समेतलाई छलफल गरी भाडा दर निर्धारण भएको हो । जिल्लामा चल्ने सवारी साधनलाई हाल प्रदेश सरकारले तोकेको भाडा दर बाहेकका पक्की सडकमा प्रतिकिलोमिटर आठ रुपियाँ र कच्चीमा ११.५ रुपियाँ भाडा दर तोकिएको छ ।
व्यवसायी सहित बसेको बैठकले गरेको निर्णय कार्यान्वयनमा आउनु पर्ने रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनु भयो । 'भरसक उजुरी नै नआओस्, उहाँहरूले निर्णय कार्यान्वयन गर्नुहोस् भन्ने हो, उजुरी आएपछि प्रक्रियामा जानुपर्छ', प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…