समीक्षा बैठकमा काङ्ग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा तीन जना घाइते
मङ्सिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्याङ्जाको वालिङमा निर्वाचन क्षेत्र नम्बर २ को समीक्षा बैठक चलिरहेका बेला नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच नै विवाद बढेपछि कुटाकुट हुँदा तीन जना कार्यकर्ता घाइते भएका छन् ।
पुस १० गते बेलुकी भएको समीक्षा बैठकमा चुनावमा असहयोग गरेको विषयमा विवाद बढ्दै जाँदा नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
चुनावको विषयमा छलफल भइरहेका बेला उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठका समर्थकले आफूहरूलाई चुनावमा असहयोग गरेको भन्दै आक्रमण गरेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ता भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएका हुन् ।
कुटपिटका कारण घाइते भएका अर्याल र ढकालको उपचार पोखरामाहुन नसकेपछि थप उपचारको लागि सोही दिन हेलिकप्टरबाट काठमाडौँ लगिएको घटनाका प्रत्यक्षदर्शी शोभाकान्त ढकालले बताए ।
प्रत्यक्षदर्शी ढकालले घटनामा परी सामान्य घाइते भएका काफ्ले स्थानीय मेडिकलमा उपचार पश्चात् घर फर्किएका जनाइएको छ । अर्याल र ढकालको भने काठमाडौँको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको ढकालले जानकारी दिए । अर्यालको टाउकोमा र ढकालको दाहिने हातमा चोट लागेको ढकालको भनाई छ ।
काङ्ग्रेस जिल्ला सभापति कमल प्रसाद पङ्गेनी सहितका जिल्लास्तरीय नेताहरू सहभागी बैठकमा कुटाकुट भएको थियो । समीक्षा बैठकमा झडप भएको खबर पाए लगत्तै घटना स्थल पुगेको वडा प्रहरी कार्यालयको टोली पुगेको भएपनि घटनामा संलग्न पक्षलाई गिरफ्तार गरिएको छैन । प्रहरी टोलीलाई काङ्ग्रेस कार्यकर्ताहरूले आफूहरूको आन्तरिक कुरा भएको भन्ने प्रतिक्रिया दिएको र सो घटनामा पीडित पक्षको उजुरी आएपछि अनुसन्धान थालिने वडा प्रहरी कार्यालयका असई नवराज केसीले बताए ।
हिमलाल पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…