समिति गठनप्रति बाढी पीडितको असन्तुष्टी
कर्णाली प्रदेशको विभिन्न स्थानमा अस्थायी शिविरमा बसोबास गर्दै आएका बाढीपीडितका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले साउन ७ गते गठन गरेको उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिप्रति बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।
उच्च स्तरीय समितिमा बाढी पीडित सङ्घर्ष समितिले बाढी पीडितलाई नसमेटेको भन्दै बाढी पीडितहरूले असन्तुष्टी व्यक्त गरेका हुन ।
जसले समस्या भोगिरहेका छन् उनीहरूलाई नै उपेक्षा गरेर गठन गरिएको समितिले बाढी पीडितहरूको समस्या समाधान गर्न नसक्ने बाढी पीडित सङ्घर्ष समिति सुर्खेतका सचिव बलबहादुर थापाले बताए ।
'चार वर्षदेखि हामी त्रिपालमुनि जीवन बिताइरहेका छौँ । हालसम्म बाढी पीडितहरूको समस्या समाधान गर्न राज्यले ठोस कदम चालेको पनि छै ।'-सचिव थापाले भने-'पछिल्लो समयमा प्रदेश सरकारले बाढी पीडितहरूको समस्या समाधान गर्न केही जमर्को गरेको छ । तर, बाढी पीडितहरूलाई नै उपेक्षा गरी गठन गरिएको समितिप्रति हाम्रो गम्भीर असहमति छ ।'
आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा प्रदेश मन्त्रालयका सचिव तथा बाढी पीडित बसोबास गर्दै आएका नगरपालिका प्रमुख र गाँउपालिकाका अध्यक्ष पदेन सदस्य रहने गरी प्रदेश सरकारले १० सदस्यीय उच्चस्तरीय बाढी पीडित समस्या समाधान समित गठन गरेको छ ।
सुर्खेत जिल्लाको महिला प्रशिक्षण केन्द्र र गिरीघाट खोलामा अझैपनि करिब १ सय २० घरपरिवारका ६ सय बाढी पीडित अस्थायी शिविरमा कष्टकर जीवन बिताइरहेका छन् । उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिमा बाढी पीडितहरूलाई समेटने तयरी भइरहेको आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले बताए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…