समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ ।
दुई दम्पति धेरै जसाे घर निर्माणमा मजदुरका रुपमा काम गर्दै आउनु भएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दुई दम्पति सँगै काम गर्नुहुन्छ । कल्पनाले बालुवा चाल्ने, मसला बनाउँने, इट्टा बोक्ने लगायतका काम गर्नुहुन्छ ।
उहाँका पतिले मिस्त्रीका रुपमा पर्खाल लगाउने काम गर्नुहुन्छ । काम एउटै हो तर काम गरेबापत कल्पनाले पाउँने ज्याला र उहाँका पतिले पाउँने ज्याला भने फरक छ । कल्पनाले दैनिक मजदुर गरेबापत ६ सय रुपियाँ पाउनुहुन्छ । भने उहाँका पति एक हजार देखि लिएर १२ सय रुपियाँ सम्म मजदुर गरेवापत पाउँनुहुन्छ । दुबैजनाले कमाएको ज्यालाले बालबच्चा पढाउने देखि लिएर घरखर्च समेत धान्दै आएका छन् ।
दिनहुँ बढ्दो महङ्गीको छ । मजदुर गरेबापत आउँने ६ सय रुपियाँले खान लाउन नै नपुग्ने कल्पनाको भनाइ छ । दुबै दम्पतिले मजदुर गरेबाफत आउने रकमबाट घर खर्च र बालबच्चाको पढाइलेखाइ खर्च टार्ने गरेको उहाँको भनाइ छ ।
यस्तै गरी कालिकोट जिल्ला घर भएकी रमा बुढाथापा मजदुर गरेर बालबच्चा राम्रो स्कुलमा पढाउने सपना बोकेर सुर्खेत आउनुभयो । सुर्खेत आएसँगतै उहाँले मजदुरका रुपमा घर निमार्णको कार्य, नाला बनाउने लगायतमा मजदुरका रुपमा काम गर्न थाल्नुभयो ।
उहाँले दिनमा ६ सय रुपियाँ कमाउन थाल्नुभयो । उहाँसँग काम गर्ने पुरुष मजदुरले भने दैनिक कामगरेबापत ८ सय रुपियाँ देखि १ हजार रुपियाँ सम्म पाउँछन् भने रमाले नै दैनिक ६ सय रुपियाँ मा मजदुरी गर्दै आउनुभएको छ ।
काम हामीले गरेको जस्तै हो तर पनि पुरुषले हामीले भन्दा धेरै पैसा पाउँछन्, रमा भन्नुहुन्छ,‘ हामीले भने ६ सय रुपियाँ मात्र पाउँछौँ, त्यही पैसाले घरखर्च,नानीबाबुको पढाइ खर्च पुग्दैन् ’ ।
रमाका पति पनि मजदुरको शिलशिलामा कहिले गाउँतिर त कहिले भारत तिर जानुहुन्छ । दुबैले कमाएको रकमले सुर्खेतमा बस्न र बालबच्चा पढाउन जोहो गर्दै आएको उहाँको भनाइ छ ।
यस्तै वीरेन्द्रनगरकी धनलक्ष्मी धितालले तीन वर्षदेखि दैनिक ६ सय रुपियाँका दरले मजदुरी गर्दै आउनुभएको छ । उहाँले पनि रमाको जस्तै समान काममा पुरुषहरूलाई दैनिक ८ सय रुपियाँ देखि एक हजार रुपियाँ ज्याला दिने र महिलालाई ६ सय रुपियाँ मात्रै ज्याला दिने गरेको गुनासो गर्नुभयो ।
‘दिनभरी पुरूष कै सरह एउटै किसिमको काम गर्छौँ । तर, ज्याला दिदा हामीमाथि विभेद गरिन्छ ।’ धितालले भन्नुभयो । उहाँहरू समान कामको समान ज्याला नपाएर विभेदमा परेका महिला श्रमिकहरूका उदाहरण मात्र हुन् ।
नेपालको संविधान २०७२ को धारा, १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख छ । सोही धाराको उपधारा ९४० मा समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भनिएको छ । तर यो संवैधानिक प्रावधान व्यवहारमा कार्यान्वयन नहुँदा महिलाहरू समान ज्याला पाउँनबाट बञ्चित भएका छन् ।
मानव अधिकारको नौ ठुला महासंन्धी अन्तर्गत आर्थिक, सामाजिक, तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९६६ को धारा ७ मा कुनै प्रकारको भेदभाव विना समान मुल्यको कार्यका लागि उचित ज्याला तथा समान पारिश्रमिक, विशेष गरि महिलालाई पुरुष सरह समान कार्यका लागि समान ज्याला वा तलबको प्रत्याभूती हुने व्यवस्था गरेको छ ।
महिला विरुद्ध हुने सबैखालका भेदभाव उन्मुलनसम्बन्धी महासन्धी १९७९ को धारा ११ को घ मा समान सुबिधा सहितको समान पारिश्रमिक पाउने अधिकार उल्लेख छ ।
समान मूल्यको कामको लागि समान व्यवहार पाउने अधिकार तथा कामको गुणात्मक मुल्याङ्कन हुँदा समान व्यवहार पाउने अधिकारको व्यवस्था गरेको छ । पुरुष कामदारलाई आठ सयदेखि एक हजार पाँच सय रुपियाँ सम्म दैनिक ज्याला दिने गरिएको छ । तर, समान काममा खटिने महिला कामदारले भने ६ सय रुपियाँ पाउने गरेका छन् ।
कुनै न कुनै बहानामा ज्यालाबाट ठगिने : श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख
सुर्खेत कर्णाली प्रदेशकाे राजधानी भएपनि वीरेन्द्रनगरमा अझैसम्म पनि ठुला कलकारखानाहरु खुल्न सकेका छैनन् । जसले संगठित कामदार भन्दा छरिएर रहेका कामदारको संख्या धेरै रहेको र उनीहरु कुनै न कुनै बहानामा ज्यालाबाट ठगिने गरेको श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर रानामगर जानकारी दिनु भयो ।
सरकारले तोकेको न्यूनतम परिश्रमिकबाट निर्माण व्यवसायमा संलग्न मजदुरहरु ठगिएका उजुरीहरु आउने गरेको उहाँको भनाइ छ ।
महिलाहरुको सन्दर्भमा सङ्गठित क्षेत्र उद्योग, कलकारखानामा काम गर्नेका हकमा समान ज्याला पाएको तर, अन्य क्षेत्रमा ज्यालामा विभेद हुने गरेको प्रमुख रानामगरको भनाइ छ ।
पुरुषहरू वैदेशिक रोजगारीमा भारत लगायत अन्य खाडी मुलुकमा जाने भएकाले वीरेन्द्रनगरमा घर तथा भवन निर्माण, सडक स्तरोन्नति, ढुङ्गा, गिट्टी र बालुवा बोक्ने काममा पुरूषको तुलनामा महिलाहरू बढी छन् ।
निवेदन आएमा कारबाही गर्न सकिने : प्रमुख जिल्ला अधिकारी
समान कामको समान ज्याला संविधानमा नै व्यवस्था गरेका कारण कुनैपनि ठाँउमा समान कामको समान ज्याला नदिएर अन्यायमा परेको खण्डमा पिडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनु भयो । प्रमाण सहित निवेदन दिएको खण्डमा सम्बन्धित व्यक्तिलाई बोलाएर महिला पुरुष दुबैलाई समान काम गरेवापत समान कामको ज्याला दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
प्रभाकुमारी रावत
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…