समानुपातिकतर्फ ४९ दलबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको बन्दसूची दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आयोगमा रहेको समानुपातिकतर्फो निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको जनाएको छ ।
आयोगमा बन्दसूची पेश गर्नका लागि असोज २९ गतेलाई मिति तोकिएको थियो । बन्दसूची पेश गर्न सुरूमा ५५ ओटा राजनीतिक दलले आयोगमा पुगी प्रक्रिया सुरू गरे पनि केही राजनीतिक दलले प्रतिनिधिसभाको लागि नभई प्रदेशसभामा मात्रै बन्दसूची पेश गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
आयोगका अनुसार सात ओटै प्रदेशका प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको नामावली प्रदेश अनुसार बेग्लाबेग्लै बन्दसूचीसमेत निर्वाचन अधिकृतको कार्यालयमा असोज २९ गते रातिसम्ममा पेश गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा २७, प्रदेश नम्बर २ मा २९, प्रदेश नम्बर ३ मा ३१, प्रदेश नम्बर ४ मा २०, प्रदेश नम्बर ५ मा २७, प्रदेश नम्बर ६ मा १८ र प्रदेश नम्बर ७ मा २० ओटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन् ।
दलहरूले आयोगमा पेश गरेका उम्मेदवाहरूको बन्दसूचीलाई असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यक्रम रहेको छ ।
कानुनी व्यवस्था अनुसार उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए/नभएको वा अन्य रित पुगे/नपुगेको एकीन गरी त्यस्तो रित पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ ।
समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
कात्तिक १३ गते सूचीमा भएका व्यक्तिले नाम फिर्ता लिन सक्नेछन् भने त्यसरी फिर्ता लिएपछि रिक्त हुने सूचीमा अर्को व्यक्तिको नाम कार्तिक १४ देखि १५ गते भित्र थप्ने अधिकार दलहरूलाई निर्वाचन आयोगले दिएको छ । आयोगले भने दलहरूले बुझाएको बन्दसूची कात्तिक १७ गते सार्वजनिक गर्नेछ ।
त्यस पछि सार्वजनिक गरिएको नाममा दावी विरोध गर्न सकिने छ । दावी विरोधका लागि कात्तिक १८ गतेबाट २४ गतेसम्म समय दिइएको छ । २५ गतेबाट मंसिर १ गतेसम्म आयोगले नामावली उपर परेका दावी विरोधमाथि छानबिन गर्नेछ । सूचीबाट कुनै नाम हटेको भए आयोगले मङ्सिर २ गते सूचना प्रकाशित गर्नेछ । मङ्सिर ३ गते आयोगले समानुपातिक उम्मदेवारहरूको बन्दसूचीको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।
निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ८८ दल मध्ये ५५ दलले आयोगमा पुगी प्रक्रिया सुरु गरेपनि अन्त्य सम्ममा ४९ दलले मात्रै आयोगको कान्तिपथस्थित केन्द्रिय कार्यालय पुगेर समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।
यस अघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन प्रचारप्रसारको क्रममा उच्च नैतिकता र आदर्श प्रदर्शन गर्न दलका नेताहरूलाई आग्रह गरेका थिए ।
'समानुपातिक उम्मेदवारको बन्दसूची दर्तासँगै प्रचारप्रसार गर्दा उच्च नैतिकता, उच्च आदर्श प्रदर्शन गर्नुहोला ।'-यादवले भने-'आचारसंहिता पालनासँगै लोकतान्त्रिक मूल्य मान्यतासहित आ-आफ्नो ठाउँमा प्रचार प्रसारमा लाग्नुहोला ।'
निर्वाचन सफल पार्न आयोगले राजनीतिक दलहरू र सरकारबाट ठूलो आशा राखेको बताउँदै प्रमुख आयुक्त डा. यादवले त्यसका लागि दल, सरकार र उच्च पदस्थ सरकारी अधिकारीले सहयोग गर्नुपर्ने बताए ।
संविधान एवम् निर्वाचन कानुन अनुसार निर्वाचन आयोगमा समानुपातिकतर्फ प्रदेश सभामा २ सय २० र प्रतिनिधि सभामा १ सय १० गरी ३ सय ३० जना निर्वाचित हुने व्यवस्था छ ।
सुभाष साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…