समानुपातिकतर्फ संशोधनसहित बन्दसूची पेश
राजनीतिक दलहरुले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका राससले जनाएको छ ।
गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवम् निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आजसम्मको समयसीमा प्रदान गरेको थियो ।
समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए ।
निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बन्दसूची सच्याउने क्रममा नेपाली काङ्ग्रेस, नेकपा (एमाले)लगायतका दलहरु अबेर निर्वाचन आयोग पुगेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन…
रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट : पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…