समाजिक सञ्जालमा जुत्ता हान्ने धम्की दिएको आरोपमा एक जना गिरफ्तार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हान्ने भन्दै फेसबुक पोष्ट गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २३ गते फेसबुक पेजमा “हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु । ”भन्दै पोष्ट गर्नु भएको थियो ।
प्रहरीले बुढालाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ । बुढा नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय पूर्व नेता हुनुन्थ्यो । उहाँले पार्टी परित्याग गरेपछि हाम्रो पहिचान डट कम नामक अनलाइनको प्रकाशक भएर काम गरिरहनु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बुढालाई गिरफ्तार गरि राखिएको तर मुद्दा चलाउने कि रिहा गर्ने भन्ने विषयमा केही बताउन चाहनु भएन ।
प्रहरी हिरासतमा रहेका बुढाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफू हिरासतमा रहेको २४ घण्टासम्म रिहा नगरेको बताउनु भयो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…