समाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ २९ गते

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिमाथि दुर्व्यवहार गरेको आरोपमा धादिङ जिल्ला घर भएकी ३५ वर्षीया शोभा भनिने जानुका पाठकलाई प्रहरीले ०८१ जेठ २८ गते ललितपुरको पुल्चोकबाट गिरफ्तार गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा चरित्रहत्या गरेको भन्दै ३० वर्षीय व्यक्तिले जेठ २८ गते दिएको उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी  साइबर अपराधमा अनुसन्धान भइरहेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनु भयो ।

आरोपितलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।


दीपा सुनुवार