समाचार सङ्कलन गर्ने क्रममा पत्रकार माथि दुर्व्यवहार
पोखरास्थित फेवा टेलिभिजनका स्टेशन म्यानेजर ३२ वर्षीय हेमराज अधिकारीलाई हेम्जास्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटर 'मापदण्ड विपरीत' भएको भन्ने विषयमा भिडियो फुटेज लिने क्रममा कम्पनीका सञ्चालक कपिलकिरण श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।
असार २७ गते कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङ, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालालगायतको उपस्थितिमा समाचार सङ्कलन गर्ने क्रममा सञ्चालक श्रेष्ठले पत्रकार अधिकारीको क्यामेरा फुटाउनुका साथै दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
घटना लगत्तै नेपाल पत्रकार महासङ्घ कास्कीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषी उपर कारबाही गर्न तथा तोडफोड गरिएको क्यामेराको क्षतिपूर्तिको व्यवस्था र पत्रकारको भौतिक सुरक्षाको सुनिश्चितता गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीमाथीको घटनाले पत्रकार असुरक्षित महसुस गर्नुका साथै आगामी दिनमा त्यस प्रकारका घटना नदोहोर्याउन सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध गरिएको छ ।
अनुगमन टोलीले सिएमसी अक्वा वेवरेज कम्पनीद्वारा उत्पादित टुडेज् मिनरल वाटरमा कोलीर्फम भेटाएपछि कम्पनी सिलबन्दी गर्नुका साथै सञ्चालक कपिलकिरण श्रेष्ठलाई असार २७ गते नै गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले श्रेष्ठले जनताको स्वास्थ्यमाथि खेलवाड गरेका कारण कम्पनी सिलबन्दी गरी अनुसन्धान गरिरहेको जानकारी दिए । डिएसपी गुरुङले पीडित पत्रकार र आरोपितबिच असार २८ गते छलफल गर्ने र त्यसपछि कारबाहीको प्रकृयिालाई अगाडि बढाउने बताए ।
इन्सेक पोखरा, कार्यालय
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…