समाचार सङ्कलनमा गएका पत्रकारमाथि दुर्व्यवहार घटनाको उजुरी दर्ता
नेपाल पत्रकार महासंघका सदस्य, ग्यालक्सी फोरकेटिभीका सम्वाददाता एवं हिन्दु खबर डटकमका प्रधान सम्पादक पाणिनी गाउँपालिका– ६ धातीवाङ्का २५ वर्षीय घनश्याम पौडेल र हिन्दु खबर डटकमकका सम्वाददाता २२ वर्षीय रुकमागत भटराईले समाचार सङ्कलनको क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ १६ गते उजुरी दर्ता गराएका छन् ।
पाणिनी गाउँपालिका– ६ धातिवाङ् माविमा जेठ १४ गते समाचार सङ्कलनका क्रममा शिक्षक ५९ वर्षीय बेदराज पौडेल, स्थानीय ५५ वर्षीय शोभाखर पौडेल र ४२ वर्षीय रामप्रसाद पौडेलले हातपात गर्नुको साथै दुर्व्यवहार गरेको भन्दै आरोपितहरू विरूद्ध उजुरी दिएको पौडेलले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति र विद्यालय व्यवस्थापन सम्बन्धी बिषयमा समाचार संकलन गर्न गएको समयमा प्रधानाध्यापकसँग सामान्य विवाद भएका बेला बेदराज पौडेल, शोभाखर पौडेल र रामप्रसाद पौडेलले दुर्व्यवहार गर्नुको साथै क्यामरा खोसेर फाल्ने प्रयास गरेको पीडितद्वयले आरोप लगाउनु भएको छ ।
“हामी पनि त विद्यालयका अभिभावक हौ, समितिमा बस्ने इच्छा गरेका थियौ, अभिभावक भेलामा बोल्ने, सोध्ने समय मौका दिइएन । प्रअको एकलौटी गतिविधि चलेको छ ।” स्थानीय अभिभावक लोकमणि पौडेल र मनिराम पौडेलले भन्नु भयो ।
प्रअ हिमलाल पौडेलले विद्यालय सञ्चालन भएको समयमा पत्रकार घनश्याम पौडेल र रुकमागत भटराई अनुमति बिना विद्यालयमा प्रवेश गरेर शिक्षक विद्यार्थीलाई अनावश्यक प्रश्न गर्ने, विद्यालय व्यवस्थापन समितिको बैठक बसेको ठाउँमा आएर तर्क बितर्क गर्ने काम जायज नभएको र सामान्य विवाद र धकल पकल भएको बताउनु भयो ।
पाणिनी गाउँपालिका– ६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जेठ १२ व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएको भएपनि वडा कार्यालयलाई नभएको बताउनु भयो ।
वडाध्यक्ष पौडेलका अनुसार आफू अभिभावककोरुपमा उपस्थित भएको र विधि प्रकृया अनुसार व्यवस्थापन समिति गठन नभए पछि उपस्थित बहुमत अभिभाव असहमति जनाउँदै उठेका थिए । विद्यालयका बिषयमा जानकारी लिन गएका पत्रकारमाथि भएको दुर्व्यवहार हुनु लत भएको पौडेलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले पीडितहरूले उजुरी दिएको थप छलफल र अनसन्धानका लागि जेठ १९ गते बोलाइएको बताउनु भयो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…