समाचार सङ्कलनका क्रममा पत्रकार गिरफ्तार घटनाका आरोपितलाई कार्वाहीको माग

  ०७९ असार ७ गते

नेपाल पत्रकार माहासंघ, कञ्चनरपुर शाखाका सदस्य तथा विकल्प दैनिक कञ्चनपुरका कार्यकारी सम्पादक रनि विवसमाथि  असार ६ गते राति ज्यादती गर्दै गिरफ्तार गरेको आरोपमा घटनामा संलग्न जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नामाथि कार्वाही गरिनु पर्ने माग गरिएको छ ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्रकमा आगलागी भएको घनाको सूचना सङ्कलन गर्न जानु भएका पत्रकार विवसले इन्स्पेक्टर ठुगान्नालाई घटनास्थल मुचुल्काका बारेमा सोध्दा तपाई को हो ? भन्दै गुण्डाशैलीमा पत्रकारलाई गिरफ्तार गरेर दुई घण्टा हिरासतमा राखिएको भन्दै पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाले असार ७ गते प्रेश विज्ञप्ति जारी गरी घटनामा संलग्न ठगुन्नालाई कार्वाहीको माग गरेको हो ।

समाचार सङ्कलनका दौरान घटनास्थलमा उपस्थित पत्रकारले आफ्नो परिचय दिदादिदै इन्स्पेक्टर ठगुन्नाले बिना कारण गिरफ्तार गरेको घटनाले गम्भिर ध्यानकर्षण गरेको भन्दै शान्ति सुरक्षा गर्नुको सट्टा स्वयं आतंक फैलाउने कार्यमा प्रहरी नै उद्धत भएको महशुस गरिएको पत्रकार महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘प्रहरीलाई घटनाका बारेमा सोधपुछ गर्न वित्तिकै अनावश्यक दुःख दिने र गिरफ्तार गर्ने कार्य निन्दनीय र गैर कानुनी समेत भएकोले घटनामा संलग्न प्रहरी अधिकृतलाई कार्वाही गर्न प्रहरी प्रशासनलाई जोडदार माग गर्दछौँ ।’

कालोपत्र गर्नका लागि अलकत्रा बोकेको टर्कमा आगलागी भएको घटनाका सन्दर्भमा समाचार सङ्कलन गर्न गएको अवस्थामा प्रश्न सोध्न तपाई को हो?? भन्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले हुत्याउदै गुण्डागर्दी शैलीमा प्रहरी गाडीमा राखेर दुई घण्टा हिरासतमाराखि दुव्र्यवहार गरेको पीडित पत्रकारको आरोप छ ।

शान्ति सुरक्षामा खलल पुगाएको आरोपमा पत्रकार विवसलाई पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखेर असार ७ गते जमानतमा रिहा गरिएको छ ।

पत्रकारमाथि भएको घटनाका बारेमा सत्यतथ्य छानविन गरी घटनामा संलग्न प्रहरी अधिकारीलाई कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयका एसपी श्यामप्रसाद चौधरीले बताउनु भयो ।

समाचार सङ्कलन गर्न जानु भएका पत्रकारमाथि प्रहरीले दुव्र्यवहार गर्दै गिरफ्तार गरी अपराधीको जस्तो व्यवहार गरेर हिरासतमा राख्ने कार्य मानव अधिकार विरोधी कार्य भएको भन्दै जिल्लास्थित अधिकारकर्मी, पत्रकार, नागरिक समाजले समेत घटनाको निन्दा गर्नु भएको छ ।

press statement20220621kanchanpur


लिली कुँवर