समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की, धम्की दिनेले माफी मागे
नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि कठ्लिन कृष्ण किरण नामका फेसबुक प्रयोगकर्ताले समाजिक सञ्जालमार्फत पत्रकारलाई धम्की दिएका छन् ।
समाचार लेखेको विषयमा समाजिक सञ्जालबाट पत्रकारको औँला काट्ने धम्की दिने कठ्लिन कृष्ण किरण भन्ने किरण खत्रीले चैत ३ गते गल्ती नदोहर्याउने भन्दै माफी मागेका छन् ।
कठ्लिन कृष्ण किरण नामका फेसबुक प्रयोगकर्ताले समाचार लेख्ने पत्रकारको औँला काटेर कुकुरलाई खुवाइदिने जस्ता शब्द प्रयोग गर्दै समाजिक सञ्जालमा पोष्ट गरेको थिए । घटनाका सम्बन्धमा पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलका अनुसार प्रहरीको सूचना पाएपछि आरोपित कृष्ण चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । दुवैपक्षबीच भएको छलफलमा आरोपितले माफी मागे पछि मिलापत्र भएको थियो ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…