समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश रावललाई समाचार लेखेको आरोपमा प्रहरी टोलीले असोज ९ गते दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।
पत्रकारद्वय आफ्नो कोठामा सुतेको अवस्थामा प्रहरीले घरबाट बाहिर निकाली सरकारी कार्यालयको समाचार लेख्ने भन्दै हातपात गरेको पवित्र शाहीले आरोप लगाए ।
महिला तथा बालबालिका कार्यालयमा कार्यालय समयमा कार्यालय प्रमुखको कार्यकक्षमा भएको मदिरा भोजको समाचार स्थानीय मिसन न्यूज साप्ताहिक र नागरिक दैनिकमा भदौ ३० गते प्रकाशन भएको थियो । आफूले उक्त समाचार प्रकाशन गरेपछि महिला विकास कार्यालय प्रमुखको अनुरोधमा प्रहरीले पिछा गरिरहेको पत्रकार शाहीले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्र खड्काले झगडा भएको खबर पाएपछि टोली खटाइएको र पत्रकारलाई गिरफ्तार गर्ने कुनै योजना नभएको बताए । पीडितका अनुसार प्रहरीले सरकारी कार्यालयको समाचार लेख्ने भनेर कोठाबाट समातेर घिसारेका थिए । स्थानीय बासिन्दाहरूले निर्दोष व्यक्तिलाई यस्तो किन गरेको भनेपछि प्रहरीले उनीहरूलाई छाडेको पीडित पत्रकारले बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…