समाचार लेखेकै भरमा पत्रकारलाई धम्की

  ०८१ असार १६ गते

नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बेथानचोक गाउँपालिका–३ का ३८ वर्षीय मोतिराम तिमल्सिनालाई मदानी बीट अनलाइनमा समाचार लेखेको विषयमा ०८१ असार १५ गते बिहान बनेपामा आयोजित यातायात व्यवस्था कार्यालयको उद्घाटन कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले मार्ने धम्की दिएका थिए ।

घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियनसमाजवादी प्रेस संगठन नेपालले वक्तव्य जारी गर्दै समाचार संकलनको क्रममा पत्रकारप्रति लक्षितगरी धम्की तथा दुर्व्यवहारको प्रयास गरेको प्रति भत्सर्ना गर्नुका साथै समाचार सङ्कलनका क्रममा पुगेका पत्रकाकार तिमल्सिनालाई लक्षित गरी धम्की तथा पत्रकारहरुलाई पटक पटक दुर्व्यवहार गरेको तथा धम्की नरोकिएकोले उनलाई तत्काल अनुसन्धानको दायरामा ल्याई आवश्यक कानुनी कारबाहीको लागि माग गरेका छन् । साथै यस्ता धम्की, आक्रमण प्रयास र दुर्व्यवहार रोकी पत्रकारहरूलाई भयरहित ढंगबाट सार्वजनिक कार्यक्रममा उपस्थित भई स्वतन्त्र रूपमा बोल्न र लेख्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछाैँ विज्ञप्तिमा भनिएको छ ।


सुमित्रा आचार्य