समाचार लेखेकै भरमा धम्की दिएको पीडित पत्रकारको आरोप

अदानचुली गाउँपालिका–१ कलखे घर भइ जनता मिडियाका प्रबन्ध निर्देशक एवम नेपाल पत्रकार महासंघ हुम्लाका सदस्य २२ वर्षीय चक्र दानीलाई खार्पुनाथ गाउँपालिका–१ देउकुडी घर भइ कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका स्वकिय सचिव ३० वर्षीय लालप्रसाद जैसीले माघ १० गते धम्की दिएको पीडितले आरोप लगाउनु भएको छ ।

हुम्लाका स्थानीय बिर बहादुर रोकायाले माघ ७ गते योजना मिलाई दिन्छु भन्दै ठगी गरेको ४ लाख रुपियाँ बढी रकममा पूर्वमन्त्रीका स्वकिय सचिव जैसीको पनि कनेक्सन भन्ने शिर्षकमा समाचार लेखेको आरोपमा जैसीले आफुलाई मार्ने धम्की दिएको पीडित दानीले आरोप लगाउनु भयो ।

जैसीले समाचार प्रकाशन भए लगत्तै दानीलाई फोन गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ ।

उक्त विषयलाई लिएर नेपाल पत्रकार महासंघले पत्रकार दानीलाई केही समस्या आए सम्बन्धित धम्की दिने जैसीले व्यहोर्नु पर्ने भन्दै भत्सर्ना गरेको र मौखिक रुपमा प्रहरीलाई माघ ११ गते उजुरी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनुभयो ।


नन्द सिंह