समाचारको प्रभावः धुन्चेको पुरातात्विक सभाहल पुननिर्माण सुरु

  ०८० पुस ६ गते

सदरमुकाम धुन्चेमा रहेको सभाहल ०७२ वैशाखको विनाशकारी भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको पुरातात्विक सभाहल पुननिर्माण हुन लागेको छ ।

जिल्लाकै गहनाको रूपमा रहेको रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६, धुन्चेमा रहेको सभाहल भूकम्पले क्षति पुर्‍याएको आठ वर्षपछि आधुनिक शैलीमा २०८१ असार मसान्तसम्ममा बन्ने भएको छ । जिल्ला समन्वयको समन्वय समितिको पहलमा २ करोड ९० लाख रुपियाँको लागतमा निर्माण हुने भएको हो ।

जेबी कन्स्ट्रक्सन प्रालिले उक्त सभाहल निर्माणको जिम्मा पाएको छ । तीन सय जना क्षमताको निर्माणको कम्पनीका छेसिङ्गी तामाङ लामाले बताउनु भयो । तत्कालीन जिल्ला विकास समिति, रसुवाको मातहतमा रहेको सभाहल जिल्लाकै नमूना थियो भने धेरै सभा समारोह सम्मेलन हुन्थ्यो । धुन्चे गाउँवासीहरूले विवाह‚ घेवा गर्ने स्थल समेत रहेको थियो ।

सभाहल खण्डहर अवस्थामा रहेको सभाहल निर्माण हुने भएपछि खुशी लागेको स्थानीय सुनुर्पु तामाङ बताउनुहुन्छ । ०७६ फागुन १६ गते "बालमन्दिर पुर्ननिर्माण नहुँदा समस्या" शीर्षकमा र ०७९ चैत १४ गते "बालमन्दिर तथा पुरातात्विक सभाहल पुनर्निर्माण हुन सकेन" शीर्षकमा सभाहल पुनर्निर्माण हुन नसकेको समाचार इन्सेक अनलाइनमा समेटिएको थियो ।

सङ्घीय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण आयोजना धादिङले टेण्डर आव्हान गरी भूकम्पले भत्केर जीर्ण भवन भत्काउन सुरु भएको जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेले बताउनु भयो । परम्परागत कलात्मक नहुने र आधुनिक तवरले बनाउने थालिएको हो । जिल्लामा जुनसुकै सार्वजनिक समारोह, सभा तथा भेला हुने सभाहल पुनर्निर्माण नसकेर आठ वर्षदेखि अलपत्र थियो ।

तत्ककालीन राजादेखि मन्त्रीसम्म आउने कार्यक्रमहरू हुने गरेको पुरातात्विक सभाहलमा गाउँमा सामाजिक रितिरिवाज, संस्कृति सभा समारोह चलाउने धुन्चेको सभाहल पनि ०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको हो । तत्कालीन राजा आउँदा वा स्वागत सत्कार गर्ने गरिएको यो सभाहल अहिले जीर्णोद्धारको हुने भएको छ । परम्परागत कलात्मक शैलीको यो भवन २०३२ सालमा निर्माण भएको हो । त्यहाँ रहेको गजुर र कलात्मक बुट्टाहरू पाटनबाट झिकाइएका मुर्तिकारहरूले निर्माण गरेका थिए ।


हेमनाथ खतिवडा