समाचार प्रभावः गुल्मी कारागारमा तीन वर्षपछि स्वास्थ्यकर्मी हाजिर
गुल्मी कारागारमा तीन वर्ष पछि स्वास्थ्यकर्मी हाजिर भएका छन् । कारगारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई परेको प्रभावको बारेमा इन्सेक अनलाइनमा ०७७ कात्तिक २१ गते, ०७८ माघ ९ मा समाचार प्रकाशित भएको थियो ।
यसैगरी, इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक र पूर्व समीक्षाहरूमासमेत उक्त समस्याका बारेमा छलफल हुदै आएको थियो । जुन समस्या तीन वर्षपछि समाधान भएको छ ।
गुल्मी कारागारमा तीन वर्षपछि सिनियर अहेव प्रकाशचन्द्र घिमिरे आफ्नो दरबन्दीमा हाजिर भएका छन् । उहाँ ०८० साउन १६ गतेबाट कार्यालयमा उपस्थित भएर कामकाज सुरू गरेको कारागारका निमित्त प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
गुल्मी कारागारमा सिनियर अहेवको दरवन्दी थियाे । तर, दरबन्दीमा कार्यरत सिनियर अहेव घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयको काजमा रहेर काम गरिरहेका थिए । ०८० असार १७ गते इन्सेकले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक –२०२४ प्रकाशन पुर्व अर्ध बार्षिक समीक्षामा पनि इन्सेक गुल्मीको प्रतिवेदनमा छलफल गर्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी र जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्रीले स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूलाई उपचारमा परेको प्रभावको बिषयमा आफुहरू गम्भीर भएको जनाउनु भएको थियो ।
त्यसपछि तत्काल पत्राचार गरेर सिनियर अहेव घिमिरेलाई दरबन्दीमा फिर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
कारागारका अनुसार कैदीबन्दीहरू दैनिक पाँच/सात जना बिरामी पर्छन् । केहि दिर्घरोगीहरू पनि छन् । तर, उनीहरुलाई व्यवस्थित उपचार गराउन अस्पताल लैजाने जनशक्ति कारागारसँगै छैन् । जसका कारण निकै समस्या भएकाले कैदीबन्दीहरूले प्रशासन, मानव अधिकारकर्मी र विभिन्न निकायले गर्ने अनुगमनको क्रममा दरबन्दी अनुसारको स्वास्थ्यकर्मीहरु माग गर्ने गरेका थिए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…