समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट
बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि ०७९ मङ्सिर १८ गते राती कुटपिट भएको छ ।
समाचार प्रकाशनको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताको समूहले हेटौँडा उपमहानगरपालिका-२ स्थित पल्पसा रोडमा रहेको पल्पसा होटलमा पत्रकारद्वयमाथि कुटपिट भएको हो ।
चुनावको समयमा नेपाली कांग्रेसभित्र भएको घात, अन्तर्घातको विषयमा बागमती एक्सप्रेस साप्ताहिक पत्रिकामा प्रकाशन भएको समाचारका विषयमा भएको विवाद बढ्दै गएपछि पत्रकार माथि कुटपिट भएको बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले बताउनुभयो ।
घटनाबारे जानकारी दिँदै मगरले भेटवाल सहितको कांग्रेस कार्यकर्ताले पत्रकारमाथि हमला गरेका हुन् आफूले छुट्याउन खोज्दा समेत उनिहरूले निरन्तर कुटपिट गरेको मगरको भनाई छ ।
नेपाली कांग्रेसका राजेश भेटवाल, राजु नगरकोटी, रञ्जना बनियाँ सहितका कार्यकर्ताको समूहले आक्रमण गरेको उहाँको भनाई छ । आक्रमणबाट रिजालको दाहिने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाइते भएका छन् ।
आक्रमण गर्ने भेटवाल सहितका कांग्रेस कार्यकर्ताहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ०७९ मङ्सिर १९ गते आरोपितहरू विरूद्ध मुद्दा दर्ता भएको छ ।
घटनापछि आरोपितहरू फरार छन् भने आरोपीतहरूको खोजी भईरहेको एसपी बामदेव गौतमले बताउनु भयो ।
पत्रकारमाथि आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, जिल्ला समिति, प्रेस चौतारी मकवानपुर, प्रेस सेन्टर लगायतका पत्रकार आबद्ध सङ्घसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।
दोसीलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्नका लागि पत्रकार आबद्ध सङ्घसंस्थाहरूले माग गरेका हुन् ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…