समाचारमा चित्त नबुझेपछि दुई जना पत्रकार गिरफ्तार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसखण्ड पत्रिकाका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचारको विषयलाई लिएर पूर्वाग्रही भई असार ३ गते गिरफ्तार गरेको भन्दै पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आपत्ति जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई मानखण्ड दैनिकको कार्यालयबाट र कार्यकारी सम्पादक भट्टलाई महेन्द्रनगर बजारबाट गिरफ्तार गरेको थियो ।
मानसखण्ड दैनिकमा लगातार होटल सञ्चालक कञ्चन नाथ र पुजा नाथ गिरफ्तार गरेको विषयमा प्रहरीसँग जोडिएर समाचार छापिएका कारण 'रिस साँध्न' आफ्नो सञ्चारगृह बन्द हुने गरी गिरफ्तार गरिएको मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले बताए ।
होटल सञ्चालक कञ्चन नाथ र पुजा नाथ बाबु खेमराज नाथले पत्रिकामा आएका समाचारले छोरीको चरित्र हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि पत्रकार भण्डारी र भट्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी भीमवहादुर दाहालले बताए ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले गिरफ्तारीको विरोधमा असार ३ गते विज्ञप्ति निकाल्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पुरा मिति बिनाको पक्राउ पुर्जी दिएर गिरफ्तार गरी हिरासतमा राख्ने, समाचारमा चित्त नबुझे प्रेस काउन्सिल तथा अदालत जाने व्यवस्था हुँदाहुँदै पूर्वाग्रही भई गिरफ्तार गर्ने जस्तो घृणित कार्य गरेको जनाएको छ ।
पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारलाई यस्तो शैलीमा गिरफ्तार गरिनु निन्दनीय काम भएको बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…