समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की
रास्कोट नपा–५ निवासी रेडियो प्रदेश आवाज एफएममा कार्यरत ३५ वर्षीय पत्रकार रत्नबहादुर कार्कीलाई समाचारको विषय लिएर खाडाचक्र नपा–१ बस्ने नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिव ५३ वर्षीय धनजित शाहीले चैत ५ गते टेलिफोनमार्फत मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ ।
आरोपित शाहीले पार्टीलाई हानी हुने गरी रेडियोमा समाचार प्रसारण गरेको भन्दै फोनमार्फत मार्ने तथा रेडियो तोडफोड गर्ने धम्की दिएको पीडित कार्कीको आरोप छ ।
मार्ने तथा सञ्चार माध्यम तोडफोड गर्ने धम्की दिएको भनी पीडित कार्कीले आरोपितविरूद्ध चैत ७ गते जिल्ला प्रशासन कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले समाचारको विषयलाई लिएर पत्रकारमाथि हातपात गर्नु गलत भएको बताउँदै पीडितको उजुरीका आधारमा घटनामाथि अनुसन्धान गर्ने इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…