समाचारको विषयलाई धम्की दिएको पत्रकारको आरोप
फाकफोकथुम गाउँपालिका-४ फुयाँतप्पा ४४ वर्षीय पत्रकार लिला लिम्बूले समाचारको विषयलाई लिएर चुलाचुली गाउँपालिका-६ साखफाराका २० वर्षीय सौगात राईले धम्की दिएको आरोप लगाउनु भएको छ ।
लोकलसन्देश डटकममा कार्यरत र नेपाल पत्रकार महासङ्घ इलाम, शाखा सदस्य लिम्बूले आफूलाई राईले साउन २९ गते किन समाचार लेखिस् भनेर धम्की दिएको बताउनु भयो ।
स्थानीय एक महिलाले संस्थाबाट प्रक्रिया पूरा गरिसकेपनि बचत फिर्ता नपाएको बारे आफूले साउन २७ गते समाचार लेखेको र सोही समाचारको विषयलाई राईले धम्की दिएको पीडित पत्रकारको आरोप छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, मिक्लाजुङ रविका प्रमुख महेश्वर मण्डलले सौगात राई आफ्नो संस्थाको कर्मचारी भएको कर्मचारीबाट केही गल्ती भए संस्थाको तर्फबाट आफूले माफी माग्ने बताउनु भयो ।
धम्की दिएको विषयमा पीडित पत्रकारले साउन २९ गते पत्रकार महासङ्घ इलाम, शाखामा निवेदन दिएको सचिव भीम चापाँगाईँले बताउनु भयो ।
घटनाको विषयमा महासङ्घले विज्ञप्ति जारी गरी विरोध जनाएको छ ।
“समाचारको विषयमा चित्त नबुझे त्यसमाथि सुनुवाई गर्ने कानुनी बाटो हुँदाहुँदै पत्रकारको घरमै आएर मानसिक तनावसमेत दिनेगरी धम्क्याउनु र गलत मनसायले भिडियो खिचेर लैजानु निन्दनीय छ ।” सचिव चापाँगाईँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणपत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…