स्वास्थ्य संस्थाद्वारा प्रसूति सेवा चेकजाँच निःशुल्क
जिल्ला अस्पताल, बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्र, केल्टीमा गर्भवती तथा सुत्केरीहरुको चेकजाँच गरेबापत शुल्क लिने गरेको विषयलाई प्राथमितामा राखेर इन्सेक अनलाइन तथा जिल्लास्थित विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रले गर्भवती तथा सुत्केरीहरुको निःशुल्क चेकजाँच गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिएबापत सम्पूर्ण सेवा निःशुल्क हुने व्यवस्था गरेको छ । तर, जिल्ला अस्पताल, बाजुरा र प्राथमिक स्वास्थ्य कन्द्र, कोल्टीले गर्भवती तथा सुत्केरीको चेकजाँच, भिडियो एक्सरे, प्रयोगशाला लगायतका सेवाबापत शुल्क लिने गरको थियो ।
इन्सेकलगायत जिल्लास्थित विभन्न सञ्चार माध्यमबाट ०८० साउन १७ गते गर्भवती र सुत्केरीको चेकजाँचमा शुल्क लिने गरेको समाचार प्रकाशन तथा प्रसारण भएपछि गर्भवती तथा सुत्केरीहरुको सम्पूर्ण चेकजाँच निःशुल्क हुने निर्णय गरिएको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनु भयो ।
भिडियो एक्सरे बापत ४ सय रुपियाँ लिँदै गरेको जिल्ला अस्पतालले ०८० साउन २९ गतेदेखि गर्भवती र सुत्केरीबाट कुनै शुल्क नलिने निर्णय गरी सेवा समेत सुरु गरेको र यस भन्दा अगाडि यस विषयमा आफूलाई जानकारी नभएकोले शुल्क लिने गरिएको उहाँले बताउनु भयो ।
गर्भवती तथा सुत्केरीहरुलाई अस्पतालको निर्देशन अनुसार नियमित चेकजाँच, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क हुने तर अन्य समयमा भिडियो एक्सरे, प्रयोगशाला चेकजाँच गराए बापत नियमानुसार शुल्क लाग्ने सूचना अधिकारी गिरीको भनाइ छ ।
जिल्ला अस्पताल, बाजुराले गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्य चेकजाँच निःशुल्क गर्ने निर्णय गरेसँगै प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीले पनि गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्य चेकजाँच निःशुल्क गर्ने निर्णय गरी सेवा समेत सुरु गरेको छ ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा सम्पूर्ण सेवा निःशुल्क हुने भनिएकोमा जिल्लाका केही स्वास्थ्य संस्थाले शुल्क लिने गरेको पाइएको थियो ।
‘स्वास्थ्य संस्थाहरुले प्रसूति सेवामा शुल्क लिने गरेपछि सेवाग्राही मार्कामा’ शीर्षकको समाचार साउन १७ गते इन्सेक अनलाइनमा प्रकाशन गरिएको थियो ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…