समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो ।
बारबर्दिया नगरपालिकामा रहेको १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गर्ने अन्तिम तयारी रहेको स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो - ‘नगरपालिकाभित्र रहेको केही महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमा गर्न बजेटको व्यवस्थापन गरेको र बिमा गर्ने काम अगाडि बढेको छ ।’
त्यसैगरी नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले अनिवार्य स्वास्थ्य बिमा गर्ने नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य बिमा गर्दै छ । नगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन र वित्तीय जोखिम न्यूनीकरण गर्न स्वास्थ्य बिमासम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय स्तरसम्म सञ्चालन गरी विमित्तको सङ्ख्या वृद्धि गर्न नीति अवलम्बन गर्दै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नीति ल्याएको थियो । सोही नीति अनुसार नगरपालिकाका ५८ जना जनप्रतिनिधि, १ सय ७८ जना कर्मचारी र ५ सय ४७ जना शिक्षकको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले बताउनु भयो । उहाँले स्थानीय तहमा रहेको १ सय ३० जना स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गर्ने अन्तिम तयारी रहेको जानकारी दिनुभयो ।
इन्सेक अनलाइनमा ०८१ वैशाख २५ गते इन्सेक अनलाइनमा 'बर्दियामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविका बिमाको पहुँचभन्दा बाहिर' शीर्षकमा समाचार प्रकाशित भएपछि नगरपालिकाले ०८१/८२ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन अन्तिम तयारी रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनु भयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले नगरपालिकाले नीति तथा कार्यक्रममा प्रस्तुत गरेको योजनाहरूलाई कार्यान्वयन गर्नका नगरपालिकाबाट सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई अनिवार्य गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहले ल्याएको नीतिलाई कार्यान्वयन गर्नका लागि सबैले सकारात्मक रूपमा लिएर स्वास्थ्य बिमा समेत गरेको जानकारी दिनुभयो ।
बारबर्दियका नगरप्रमुख छबिलाल थारुले नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत सञ्चालन गरेको अभियान सबैले सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘अरुलाई स्वास्थ्य बिमा गराउनुहोस् भनेर भन्नका लागि पनि आफूले बिमा गर्न जरुरी रहेको छ । पहिलो चरण जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकलाई अनिवार्य स्वास्थ्य बिमा गराइएको छ । अब समुदायमा गएर हामीले पनि स्वास्थ्य बिमा गरेको छौँ । स्वास्थ्य बिमाबाट हुने फाइदाका बारेमा बताएर समुदायका अन्य मानिसलाई समेत बिमामा जोड्ने कार्यक्रम रहेको छ ।’
जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले स्वास्थ्य बिमा गरेपछि समुदायमा स्वास्थ्य बिमाप्रति विश्वास पनि बढ्ने नगरप्रमुख थारुको भनाइ छ । उहाँले जिम्मेवार निकाय तथा पदमा रहेकालाई स्वास्थ्य बिमा गराएपछि समुदायका मानिसलाई पनि बुझाउन सजिलो हुने भएकोले यस्तो गरिएको उल्लेख गर्नुभयो । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका प्रमुख डिकेन्द्रबहादुर विष्टले बारबर्दिया नगरपालिकाले लुम्बिनी प्रदेश मै नीति तथा कार्यक्रम ल्याएर जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको स्वास्थ्य बिमा गर्ने पहिलो स्थानीय तह भएको बताउनु भयो । ‘प्रदेशका अन्य जिल्ला सम्पर्क कार्यालयमा बुझ्दा कुनै पनि स्थानीय तहले यसरी स्वास्थ्य बिमा गरेको पाइएको छैन’ - उहाँले भन्नुभयो ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…