समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार तथा खोप अभियान शुरु
रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा रोगका लक्षण देखा नपरेकालाई रोगविरूद्ध खोप शुरु गरेको छ ।
पशु स्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेका अनुसार कालिका गाउँपालिका भरी गाईगोरु सङ्क्रमित १ सय ५७ सङ्क्रमित भएकोमा उपचारपछि ५० ओटा निको भएका छन् भने २४ ओटाको मृत्यु भएको छ ।
हलै एक भैँसीमा पनि मिल्दो लक्षण देखा परेको छ । लम्पी स्किन रोगविरूद्ध कालिका गाउँपालिकाले ५ सय डोज र पशु विज्ञ केन्द्र ३ सय डोज खोप उपलब्ध गराएकोले रोग नलागेका गाई गोरुलाई लम्पी स्किन रोगविरूद्ध खोप सुरु गरेको न्यौपानेले बताउनु भयो ।
‘रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा’ शीर्षकमा इन्सेक अनलाइनमा साउन १२ गते समाचार प्रकाशन भएको थियो । सोही समाचारको प्रभावले कालिका गाउँपालिकाले बिरामी पशुहरूमा लम्पी स्किन रोगविरूद्धको खोप लगाउन शुरु गरेको पशु स्वास्थ्य शाखाका पशु प्राविधिक बुद्धिनाथ न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाका पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण जिल्लाभर दुई सयभन्दा बढी पशु मरेका छन् ।
नौकुण्ड गाउँपालिकामा खोप कार्यकर्ता राखेर गाउँपालिकाले ५ सय डोज खोप चौरीमा खोप लगाएको पशु प्राविधिक रामशरण न्यौपानेले बताउनु भयो । नौकुण्ड गाउँपालिकामा हालसम्म चौँरी, गाई र गोरु गरी २ सय ओटा मरेका छन् । त्यहाँ विज्ञ केन्द्रबाट प्राप्त खोप पनि गाईगोरुमा लगाउने कार्य सुरु गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिकामा मात्र लम्पी स्किनका कारण २६ ओटा चौँरी, एक ओटा याक र ४८ ओटा स्थानीय जातका गाईगोरु मरेको पशु सेवा प्राविधिक प्रमुख सुरेश बरालले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजारभन्दा बढी पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । त्यहाँ पनि पशु विज्ञ केन्द्र, नुवाकोटले ३ सय डोज खोप उपलब्ध गराएकोले खोप लगाउने कार्य सुरु भएको छ ।
समयमा औषधि उपचार नभएको कारण पशुवस्तु मरेको र बिमा दाबी पनि नहुने कुराले त्रासित भएको गोसाइकुण्ड गाउँपालिका-६ का किसान फुर्पा तामाङले उल्लेख गर्नुभयो । रसुवाका सबै स्थानीय तहमा लम्पी स्किन रोगविरूद्ध ३/३ सय डोज खोप उपलब्ध गराएको पशु विज्ञ केन्द्र कार्यालय, नुवाकोटले जनाएको छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…