समाचारको प्रभावः अभिभावकले ज्याला गरेर पढाएका बालबालिकालाई सहयोग

गजुरी गाउँपालिका-६, श्यामैडाँडा स्थित जनचेतना आधारभुत विद्यालयका चेपाङ समुदायका बालबालिकालाई सहयोग उपलब्ध गराइएको छ । १ सय २० चेपाङ समूदायका ७१ जना बालबालिका अध्यायन गर्ने जनचेतना आधारभुत विद्यालयमा चितवनको भरतपुर महानगरपालिका-२, आँपटारीका प्रकाश बस्यालले विद्यालय पोशाक, स्वीटर, ट्राउजर, टोपी रुमाल र झोला विद्यालयमा आएर विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राधा कँडेलले बताउनु भयो ।

घरमा खाने अन्न नभएर ज्याला मजदुरी गरेर परिवार पालिरहेका चेपाङ समुदायको जनजीवन र दैनिकी कष्टपूर्ण तरिकाले गुजारा चलिआएको भए पनि छोराछोरी भने विद्यालय भर्ना गराएर पढाउँदै आएका छन् । अभिभावक नभएका, आमाबुबा गुमाएका बालबालिका समेत अध्यायन गर्ने भएकाले सो विद्यालयमा विद्यार्थीहरू भोकै समेत विद्यालय आउने गरेका छन् । विद्यालयले खाजा खुवाउने गरेका कारण गाउँमा भएका सबै बालबालिका विद्यालय भर्ना भएका हुन् ।

इन्सेक अनलाईनमा ०८० वैशाख १५ गते 'ज्याला गरेर बालबालिका पढाउँदै श्यामैडाँडाका अभिभावक' शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग उपलब्ध गराइएको थियो । समाचारमा प्रकाशन भएपछि दयनीय अवस्थामा पनि विद्यालय आउने बालबालिकालाई सहयोग उपलब्ध गराइएको भरतपुर महानगरपालिका-२, आँपटारीका प्रकाश बस्यालले बताउनु भयो ।

यस लगत्तै गजुरी गाउँपालिका-२, निवासी सामाजिक अभियानता निरु थिङ र सिद्धलेक गाउँपालिका-१ का सोलुसन हर्वलका प्रोपाइटर इश्वर सिलवालले विद्यालयमा बालबालिकालाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Photo_080-10-6_Dhading1

Photo_080-10-6_Dhading


सीताराम अधिकारी