समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग 

  ०८१ साउन १४ गते

बुवाको मृत्यु भएको र आमा विदेश गएपछि खान लाउन मात्र हैन विद्यालयमा जान समेत समस्यामा परेका तीन जना बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका सात जना बालबालिकालाई सहयोगीहरूको सहयोगमा कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध गराईएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं २ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका सात जना बालबालिकालाई सहयोग गरिएको मानवी क्रियटिभ एशोसिएसनका अध्यक्ष बद्रीप्रसाद ढुङ्गाना र सचिव जयन्ती अधिकारीले १५ हजार बराबरको कपडा, जुत्ता सहयोग गर्नुभएको हो । ढुङ्गाना हाल वैदेशिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ ।

IMG-20240728-WA0008

त्यसैगरी हाल इजरायलमा कार्यरत अधिकारकर्मी राजन दुवाडीले कापी, सिसाकलम लगायत स्टेस्नरी सामान उपलब्ध गराउनु भयो ।

नीलकण्ठ नगरपालिका–८ का प्रदिप सुवेदीले खाद्यन्न सामाग्री र त्रिपुरा पुस्तक पसलका नारायणकुमार श्रेष्ठले ट्रयाकसुट सेट सहयोग गर्नुभएको छ ।

बुवाको मृत्यु भएको र आमा विदेश गएका पार्वती, रामशरण र राजेन्द्र मिजारले लगाउने कपडा र खानेकुरा नभएपछि कष्टकर जीवन विताउँदै आएका छन् ।  रबिन सुनार, इन्दिरा मिजार, सन्जिता मिजार र अनुस्का सुनारको अवस्था अत्यन्त दयनीय भएको समाचार इन्सेक अनलाइन, नेपाल समाचार पत्रको न्युजअफ नेपाल डटकम, कन्दरा समाचार डटकममा  प्रकाशित र नीलकण्ठ एफएममा प्रशारित समाचारको प्रभावबाट दाताहरुले सहयोग उपलब्ध गराउनुभएको पत्रकार सिताराम अधिकारीले बताउनुभयो ।

न्यूजअफनेपालडटकम मा ०८१ असार १५ गते "अभिभावक नभएपछि खाना खोज्दै गाउँतिर, च्यातिएको लुगामा विद्यालय" शिर्षकमा समाचार प्रकाशन भएपछि दयनिय अवस्थामा सघाउन सहयोग गरेको दाताहरूको भनाइ छ । सहयागी ढुङ्गानाले मानवी क्रियटिभ एसोसियसनले आगामी समयमा सटेसनरी कपडा उपलब्ध गराउने बताउनुभएको छ ।

इन्सेक अनलाइनमा ०८१ साउन ४ गते "भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका" शिर्षकमा समाचार प्रकाशन भएको थियो ।

विद्यालयमा साउन १३ गते  एक कार्यक्रमका बीच सामाग्री वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोपिला कोइराला, प्रधानाध्यापमक उर्मिला तिमल्सिना, पत्रकार सिताराम अधिकारी र आकाश लम्सालले उक्त सामाग्री वितरण गर्नुभएको हो ।

अन्नपुर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५० जना दलित बालबालिका रहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । ती बालबालिकाहरु गरिबिको रेखामुनी रहेको उहाँको भनाइ छ ।

बालबालिकाको अवस्थाको बारेमा समाचार पढेपछि नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले विद्यालय पोशाक र जुत्ता र  निजी विद्यालय संचालक विनोदमान श्रेष्ठले झोला, सरसफाई सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

IMG-20240728-WA0009 IMG-20240728-WA0030 IMG-20240728-WA0036


सीताराम अधिकारी