समयमै पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित
नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने हक उल्लेख गरिएको भएपनि जिल्लाका अधिकांश विद्यालयहरुमा पाठ्यपुस्तक नपुग्दा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित भएका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दासम्म विद्यालयमा सबै पाठ्यपुस्तक नपुगेका कारण पठनपाठनमा समस्या भएको छत्रेश्वर माध्यमिक विद्यालयका प्रधानध्यापक मुक्तिराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘साउन महिनामा विद्यार्थीहरुको त्रैमासिक परीक्षा लिनु पर्ने हुन्छ । विद्यालयमा पाठ्यपुस्तक नभएपछि विद्यालय खुल्न सकिएको छैन् । यसले गर्दा विद्यार्थी र शिक्षकहरुलाई नै समस्या हुने भएको छ ।’
विगतका वर्षमा कोभिडका कारण थला परेको शिक्षा क्षेत्रलाई सुधारउन्मूख बनाउन यो वर्ष समयमै पाठ्यपुस्तक पुग्नु पर्ने भएपनि समय मै पाठ्यपुस्तक नपुग्दा अहिलेसम्म विद्यालय खोल्न नसकिएको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक जयराज पाण्ड्येले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘समयमै पाठ्यपुस्तक पुग्न सकेको छैन् । स्थानीय तह निर्वाचनका कारण विद्यार्थी भर्ना अभियान पनि प्रभावकारी हुन सकेन । धेरै बालबालिकाहरु विद्यालय भर्नाबाट समेत वञ्चित हुनु परेको छ ।’
कहिल्यै कोभिडका नाममा, कहिल्यै निर्वाचनका नाममा त कहिल्यै पाठ्यपुस्तक अभावका नाममा बालबालिकाहरुको भविष्यमाथि खेलवाड हुने गरेको विद्यार्थी सङ्गठन अनेरास्ववियु, डोटीका अध्यक्ष बिरबहादुर विष्टले बताउनु भयो ।
पाठ्यपुस्तक समस्याका सन्दर्भमा जिल्ला शिक्षा समन्वय इकाईलाई समयमै जानकारी गराएको भएपनि सुनुवाइ हुन नसकेको अध्यक्ष विष्टको भनाइ छ ।
जिल्ला शिक्षा समन्वय इकाई, डोटीका प्रमुख मदन जोशीले जिल्लाका सबै विद्यालयका लागि प्रयाप्त मात्रामा पाठ्यपुस्तक आइसकेको र सम्पुर्ण स्थानीय तहमा पठाइसकेको बताउनु भयो ।
स्थानीय निर्वाचनका कारण यो वर्ष समय मै पाठ्यपुस्तक नपुग्नु हाम्रो जिल्लाको मात्र समस्या नभइ देशभरीको समस्या रहेकाले अहिले प्रयाप्त मात्रामा जिल्लाभरी पाठ्यपुस्तक पुगिसकेको र हालसम्म सञ्चालनमा नरहेका विद्यालयका बारेमा जिल्लाका सबै स्थानीय तहका शिक्षा इकाईसँग सम्पर्क गरी यथासिघ्र विद्यालय खोल्न निर्देशन दिने जिल्ला समन्वय इकाईका प्रमुख जोशीको भनाइ छ ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…