समयमै ज्याला नपाएको श्रमिकको गुनासो
सरकारले श्रमिकको ज्याला बढाउने योजना बनाइरहेका बेला गुल्मीका श्रमिकहरूले समयमै ज्याला नपाउने गरेको गुनासो गरेका छन् ।
१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निर्माण मजदुर हकहित संरक्षण समिति गुल्मीले वैशाख १८ गते आयोजना गरेको कार्यक्रममा श्रमिकले समयमै ज्याला नपाएको सरोकारवालाले गुनासो गरेका हुन् ।
आफूहरूलाई ठेकेदारहरूले तोकिएको समयभन्दा बढी काममा लगाउने र भनेको बेला ज्यालासमेत नदिने गरेको मजदुर रामबहादुर परियारले बताए ।
उनले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने कुरा भाषणमा मात्र सीमित भएको गुनासो गरे । 'धेरैले काम गरेको ज्याला पाएका छैनन् । के को दिवस?'-उनले भने-'केलाई आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने?'
मजदुर गीतादेवी थापाले भाषणमा धेरैले आठ घण्टा भने पनि व्यावहारमा केही लागु नभएको बताइन् । उनले थुप्रै सभामा चर्का भाषण गर्ने नेता नै ठेकेदार भएको र उनीहरूले नै श्रमिकलाई दमन गरिरहेको आरोप लगाइन् ।
जिल्लामा मजदुरहरूको हकहितको लागि निर्माण मजदुर हकहित संरक्षण समिति छ । उसले कार्यस्थलमै श्रमिकको मृत्यु भएमा १० हजार रुपियाँ, घाइते भएमा ५ हजार रुपियाँ र सुत्केरी भएमा १ हजार रुपियाँ सहयोग पनि उपलब्ध गराउँछ । तर, त्यसबारे धेरै जानकार छैनन् ।
धेरै श्रमिकहरू सचेत नभएका कारण समितिमा आवद्ध गर्न नसकिएको समितिका अध्यक्ष ओले रानाले बताए । निर्माण व्यावसायी सङ्घ गुल्मीका अध्यक्ष नारायण पोखरेलका अनुसार सरकारले योजनाको समयमै रकम भुक्तानी गर्न नसक्दा कहिलेकँही मजदुरहरूको पारिश्रमिक रोकिए पनि धेरै गुनासो नभएको बताए । 'सरकारले काम गरेको पैसा समयमै तिर्दैन ।'-उनले भने-'थुप्रै ठेकेदार साथीहरूले पाँच रुपियाँ व्याजमा ऋण काढेर काम गरेका छन् । केहिलेकँही मजदुरको पनि पैसा रोकिन्छ ।'
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…