समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु
अदानचुली गाउँपालिका–५ कांँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको समयमै उपचार हुन नसक्दा मृत्यु भएको छ । मृतक शाहीको कात्तिक १५ गते सुत्केरी हुन नसकेर मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गर्नु भएको छ ।
आफन्त बलबहादुर शाहीका अनुसार मृतक रङ्गिता कात्तिक १४ गतेदेखि सुत्केरी व्यथा लागेको र गाउँ नजिक स्वास्थ्य चौकी भएको भए ज्यान बचाउन सकिने थियो ।
सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरेपनि सुविधा सम्पन्न अस्पतालमा पु¥याउन नपाउँदै उहाँको मृत्यु भएको आफन्तले गुनासो गर्नु भएको छ ।
सोही ठाउँको बारीगाउँ स्वास्थ्य चौकी टाढा रहेको र गाउँबाट स्वास्थ्य संस्थामा लैजादैँ गर्दा बाटोमै शाहीको मृत्यु भएको आफन्तको भनाई छ ।
हवाई यातायातको विकल्प नभएको र यातायातको सुविधा नहुँदा बिरामीको समयमा अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ ।
एक महिनाअघि चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भएको थियो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…