समयमै उपचार नपाउँदा औलो रोग लागेर एक जनाको मृत्यु
भारतीय सिमासँग जोडिएको दाङको राजपुर गाउँपालिका–७, भैँसाही नाकाकी २५ वर्षीया डिलशा बुढाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । हप्ता दिनदेखि नै डिलशालगायत गाउँभरीका १० जनाभन्दा बढीलाई जरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको र तत्काल अस्पताल लैजान सडक, यातायात नभएपछि भारतको बाटो हुँदै नेपालगञ्ज मेडिकल कलेज पुर्याइएकी डिलशाको साउन २२ गते उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, दाङका निमित्त प्रमुख किशोर आचार्यले जानकारी दिनुभयो ।
जराेले बेहोस भएपछि डिलशालाई मेडिकल कलेज लगिएको थियो । आचार्यले टिएफ मलेरिया अर्थात कडा खालको औँलो सङ्क्रमणका कारण बुढाको मृत्यु भएको बताउनु भयो । एक दशक यता नेपालमा औलो सङ्क्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो भएको आचार्यको भनाइ छ । ‘एक दशकको अवधीमा औलो लागेर मृत्यु भएको घटना थिएन । यो नै पहिलो हुन सक्छ । समयमा अस्पताल पुर्याउन नसकेर उपचार नपाउँदा बुढाको मृत्यु हुन पुग्यो', आचार्यले भन्नुभयो ।
आचार्यका अनुसार एक साता अघि राजपुर गाउँपालिका–७, जेलबाङ खोला नाकाकी १५ वर्षीया कृष्णा बुढाको पनि उपचार नपाएर मृत्यु भएको थियो तर औलोकै कारणले भन्ने पुष्टि हुन सकेको छैन । भैँसाही नाकामा अहिले अरु १० जना जराेले बिरामी परेको खबर आएपछि स्वास्थ्य कार्यालय, दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली औषधी सहित पठाइएको छ । नेपालको बाटो भएर सङ्क्रमण स्थल जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुँदै भैँसाही नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनस्वास्थ्य कार्यालय, दाङले जनाएको छ ।
स्वास्थ्य कार्यालयका औलो फोकल पर्सन कमल चन्द, राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायलगायतको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएका छन् । दाङ जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा औलो सङ्क्रमण पहिचानका लागि गरिएको परीक्षणको क्रममा भेटिएका सात जना बिरामी उपचारपछि निको भएको स्वास्थ्य कार्यालय, दाङले जनाएको छ ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…