समयमै अस्पताल पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

  ०८० साउन २२ गते

सुत्केरी व्यथा लागेको झण्डै २४ घण्टा पछि रुकुम पूर्वमा शिशु सहित एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

सिस्ने गाउँपालिका –१ भट्टेचौरकी २५ वर्षीय सपना बुढा र नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल, साउन २० गते मृत्यु भएको हो ।

सपना बुढालाई साउन १९ गते सुत्केरी व्यथाले च्यापेपछि बुढालाई स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि साउन २० गते हेलिक्टरमार्फत सुर्खेत लागिएको थियो । तर समयमै अस्पताल पुर्‍याउन नसक्दा आमा र शिशु दुबैको ज्यान मृत्यु भएको थियो ।

यस अघि पनि तीन सन्तानलाई जन्म दिएकी सपनाको प्रसूतिकै क्रममा मृत्यु भएको थियो । यस पटक हर तह बाट प्रयास गर्दा पनि सफल नभएको सिस्ने स्वास्थ्य चौकीका प्रमुख अहेव काशीराम ओलीले बताउनु भयो ।

धेरै रक्तस्राव भएको, रक्तसञ्चार काम भएको देखिएकोले सुत्केरीको ज्यान जोगाउन मुस्किल भएको स्वास्थ्यकर्मीहरूले बताए ।

लुम्वीनी प्रदेशको एकमात्र हिमाली जिल्लाकारुपमा रहेको रुकुम पूर्वमा जनस्वास्थ्यको अवस्था निकै कमजोर स्थानीय प्रचण्ड मल्ल बताउनु हुन्छ ।

उच्च पहाडी र हिमाली भेगका सिस्ने गाउँपालिका १ र २ का अन्य ठाउँमा सडक पुगेका ठाउँमा पनि वर्षायाममा सडक बिग्रिएका कारण सवारी पुग्ने अवस्था छैन् ।

दुर्गम गाउँमा सुत्केरी व्यथालगायत अन्य स्वास्थ्य उपचारका लागि समेत समस्या हुने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले बताउनु भयो ।

जिल्लामा हरेक वर्ष समयमै अस्पताल पुर्याउन नसक्दा सुत्केरी महिलाहरूको मृत्यु हुने गरेको छ ।


हिमशिखर शाह