समयमा सूचना नपाउँदा राहत पाउनबाट वञ्चित भएको द्वन्द्व पीडितको गुनासो
समयमै सूचना नपाउँदा राहत पाउनबाट वञ्चित हुनु परेको दाङका द्वन्द्व पीडितले गुनासो गरेका छन् । साउन १४ गते राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेकी लमही नपा-१ की ४५ वर्षीय गोमा अधिकारीले समयमै सूचना नपाएर राहतबाट वञ्चित भएको गुनासो गरेकी हुन् । उनी सशस्त्र द्वन्द्वको समयमा माओवादी पक्षबाट विस्थापित भएकी थिइन् ।
दाङका द्वन्द्व पीडितका लागि यस वर्ष आएको राहत रकम मध्ये ६ करोड ६६ लाख ८६ हजार रुपियाँ फ्रिज भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले दिएको जानकारी अनुसार आव ०७४/०७५ मा आएको कूल १३ करोड १ लाख ८ हजारमध्ये ६ करोड ६६ लाख ८६ हजार रुपियाँ फ्रिज भएको हो ।
जिल्ला प्रशासन कार्यालयले राहत लिनका लागि सार्वजनिक सूचना जारी गरी गत असार १४ देखि ३२ गतेसम्म द्वन्द्व पीडितलाई राहत वितरण गरेको थियो । जसअनुसार सरकारले दिने १० लाख राहत अपुग भएका २९ जना मृतकका परिवार, सात जना बेपत्ताका परिवार र नौ जना सेना, प्रहरी, सशस्त्र प्रहरीका परिवार तथा ३ सय ८४ विस्थापित परिवार, २० जना घाइते अपाङ्ग र एक शहीद परिवारलाई गरी ६ करोड ३४ लाख २२ हजार रुपियाँ वितरण गरिएको जिल्ला प्रशासन कार्यालयकी लेखापाल विश्वमाया बहकरीले जानकारी दिइन् ।
कार्यालयका अनुसार मृतक २९ जनाका परिवारलाई १ करोड ३९ लाख, बेपत्ता सात जनाका परिवारलाई ५० लाख, मृतक सेना, प्रहरी, सशस्त्र प्रहरीका नौ जनाका परिवारलाई १३ लाख ५० हजार र एक जना शहीद परिवारलाई ८४ हजार रुपियाँ वितरण गरिएको हो ।
एक महिनाको सूचना जारी गर्दा पनि कतिपय पीडितहरू राहत लिन नआएपछि रकम फ्रिज भएको कार्यालयले जनाएको छ । 'सार्वजनिक सूचना गरिएको हो । तर, सबै पीडित राहत लिन आउनु भएन ।'-सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने-'सबै आउन नसक्दा आधा रकम फ्रिज भयो । छुटेकालाई चालु आवमा पुनः वितरण गरिनेछ ।'
जे.एन.सागर
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…