समयमा किस्ता नपाउँदा पहिरो पीडितको बिचल्ली
समयमै किस्ता नपाउँदा गुल्मीका पहिरो पीडितको बिचल्ली भएको छ । गत दुई वर्षको पहिरोमा घरगोठ गुमाएका परिवारले दोस्रो र अन्तिम किस्ता नपाउँदा पीडितहरू झन् समस्यामा परेका छन् ।
जिल्लामा ३ सय ५८ जनाले आवास निर्माणको सम्झौता गरेका छन् । तर, अहिलेसम्म १ सय १ जनाले पहिलो किस्ताको न्यूनतम रकम समेत पाउन सकेका छैनन् । अधिकांशले दोस्रो र अन्तिम किस्ता पाएका छैनन् । जसका कारण धेरैले अधुरो घर बनाएर छोडेका छन् भने केहिले घडेर मात्रै खनेर बसेका छन् ।
किस्ताको आशमा ऋण काढेर घर निर्माण गरेका परिवारले पनि समयमै रकम नआउँदा घर छोडेर हिड्नुपर्ने अवस्था रहेको छ ।
इस्मा गाउँपालिका– ४ का पहिरो पीडित उमबहादुर घर्तीले घर बनाएको सात महिना बढी भए । गाउँपालिकाले सम्झौता गरेर पहिलो किस्ता ३५ हजार रूपियाँ दिएकाले बाँकी ऋmृण खोजेर घर पुरा गरे । तर, अहिलेसम्म दोस्रो र तेस्रो किस्ता पाएका छैनन् ।
अहिले घरमा दैनिक साहु र कामदार आएर पैसा माग्दा उमबहादुर घर छोडेर हिडनुपर्ने अवस्थामा रहेका छन् ।
पहिरो पीडितलाई सरकारले झुक्याएर थप पीडित बनाएको घर्तीले गुनासो गर्नु भयो । आधा घर बनाएपछि कामदार र साहुको ऋृण तिर्न नसकेर इस्मा गाउँपालिका– १ का राजकुमार सार्की र गोविन्द सार्की गत कात्तिकदेखि बैदेशिक रोजगारका लागि भारत रहेका छन् । आफूहरूलाई पुर्नवास र पुर्निमाणको नाममा ऋृणमा डुबाएकाले साहुको पैसा तिर्न नसकेर भारत पसेको राजकुमार सार्कीले गुनासो गर्नु भयो ।
मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्निमाण तथा पुनस्र्थापना अनुदान कार्यविधि ०७७ अनुसार पहिरो प्रभावितले घर निर्माणकालागि ४ लाख र पुर्नस्थापना गर्नेको हकमा घडेरी खरिदको लागि ३ लाख रूपियाँ पाउने व्यवस्था छ । जसको लागि गाउँपालिकाले १० नगरपालिकाले १५, प्रदेशले ३० र संघले ४५ प्रतिशत खर्च गर्ने उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार पहिलो किस्ता बापत ५० हजार रूपियाँ दिने भनेपनि लुम्बिनी प्रदेशले १५ हजार रूपियाँ नपठाउदा पीडितले ३५ हजार रूपियाँ मात्रै पाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्राविधिक मुल्याङ्कनको अभावमा पहिरो प्रभावितको किस्ता रोकिएको बताउनु भयो । लामो समय मुल्याङ्कन गर्ने बिषयमा अल्झिएका कारण समस्या भएकाले अहिले सहजीकरण गरिएको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…