समयमा उपचार नपाउँदा मजदूरको मृत्यु
समयमा नै उपचार नपाउँदा अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुलसीराम थारूको भदौ ९ गते मृत्यु भएको छ ।
नौ सय मेगावाट क्षमताको निमार्णाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा आपतकालीन स्वास्थ्य संस्था नहुँदा र परियोजनाले समेत आकस्मिक उपचारका लागि स्वास्थ्य संस्थाको व्यवस्था नगर्दा घाइते मजदूर थारूको समयमा उपचार नहुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिशेकुमार श्रेष्ठले बताउनु भयो ।
सुरुङभित्र काम गर्ने क्रममा भदौ ९ गते राति माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका थारूलाईे उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गर्ने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।
अरूण तेस्रो जलविद्युत परियोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा परियोजना सुरुआत भएयता २४ जना बढी मजदूरले ज्यान गुमाउनु परेको छ । चौविसै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ ।
आयोजनास्थलमा काम गर्ने मजदुरको समय-समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुरको भनाइ छ ।
अरूण तेस्रो जलविद्युत परियोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् । नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ ।
आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
भारतीय कम्पनी सतजलले निर्माण गरिरहेको परियोजना स्थलको अनुगमन सरकारीस्तरबाट हुने भएपनि हालसम्म मजदूरको सुरक्षा, स्वास्थ्य उपचारलगायतका विषयमा प्रशासनले अनुगमन गरेको छैन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…