सबै स्थानीय तहमा बजेट सार्वजनिक नभएपछि इन्सेक लगायतका संस्थाद्वारा ध्यानाकर्षण
पर्वतका स्थानीय तहहरुमा देखिएको विवादप्रति इन्सेक पर्वत लगायत क्रियाशिल नागरिक समाज सञ्जाल सम्बद्ध संघ संस्थाहरुले जिल्ला समन्वय समिति पर्वतमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
असार १३ गते दिउँसो पर्वतका इन्सेक लगायत १४ वटा संस्थाहरुले सामुहिक रुपमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम वि.कलाई पत्र बुझाउँदै ध्यानकर्षण गराएका हुन् ।
‘गाउँ गाउँमा सिंहदरवार, घरघरमा सरकार’ भन्ने नारालाई आत्मसाथ गदै बनेको संघीय संरचनाबाट स्थापित भएका स्थानीय तहहरुले समयमै बजेट ल्याउन नसकेको कारण स्थानीय नागरिकहरुको आर्थिक तथा सांस्कृतिक अधिकार हनन् भएको अंकलन गरेको भन्दै जिल्लामा क्रियाशील नागरिक संगठनहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पर्वतका सात स्थानीय तह मध्ये ४ ओटा स्थानीय तहले सहज ढंगवाट बजेट सार्वजानिक गरे पनि कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकाले समयावधि भित्र बजेट सार्वजानिक गर्न सकेका छैनन् ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । समयमै बजेट सार्वजानिक नहुँदा अनुदानका लागि करोडौँ रुपियाँ कटौती हुने प्रावधान छ भने स्थानीय बासीहरुको आर्थिक तथा सांस्कृतिक अधिकार कुण्ठित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम विकले पत्रमा उल्लेखित विषयमा आफु गम्भीर भएको र बजेटका लागि पहल गर्ने बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…