सबै प्रकृतिका लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत

सांसद तिलक महतले सबै खाले लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले बताउनु भएको हो ।

फेकोफन नवलपुरको आयोजना तथा इन्सेक नवलपुर, देवचुली नगरपालिका, कावासोती नगरपालिका र नमुना सन्देश साप्ताहिक पत्रिकाको सहकार्यमा ‘समानताको पुस्ताः बलात्कारविरूद्ध ऐक्यबद्धता’ भन्ने नारासहित लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २० गते कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महतले सबै प्रकृतिको हिंसा अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले लैङ्गिक हिंसा अन्त्यको लागि सरकारसँगै सबै सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै सबै एक जुट हुनुपर्ने बताउनु भयो ।

महिला विरूद्ध हुने सबै किसिमका हिंसामा सरकार गम्भीर रहेको भन्दै उहाँले बलात्कारको घटनामा सरकार अझै गम्भीर रहेको बताउनु भयो । उहाँले हिंसा मुक्त समाज निर्माणका लागि सबै एक हुन जरूरी रहेको बताउनु भयो ।

कार्यक्रममा फेकोफनकी केन्द्रीय सदस्य भारती पाठकले फेकोफन सदैव लैङ्गिक हिंसा अन्त्यको लागि आप्mनो क्षेत्रबाट प्रतिबद्ध रहेको बताउनु भयो ।

फेकोफनले सामुदायिक वन क्षेत्र र समुदायमा हुन सक्ने सबै किसिमका लैङ्गिक हिंसा अन्त्यको लागि पैरवी गर्दै आएको भन्दै लैङ्गिक समानता मुलक समाजको निर्माणका लागि सामुदायिक वनहरूको अभ्यास सबै संस्थाहरूले अनुकरण गर्न अनुरोध गर्नु भयो ।

उहाँले सामुदायिक वन समूहहरूमा पदाधिकारी सहित कार्यसमितिमा कम्तीमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै त्यसलाई सबैले अनुशरण गर्न समेत अनुरोध गर्नु भयो ।

photo20191208eastnawalparasi (1)

photo20191208eastnawalparasi (2)

photo20191208eastnawalparasi (3)


तिर्थराज डुम्रे